पतिबाट पैसा धुत्न श्रीमतीले आफ्नो २ वर्षीय छोराको अपहरण गरेपछि....
काठमाडौँ । एक जना कोलम्बियाली महिलाले श्रीमानबाट पैसा धुत्न २ वर्षको बालक अपहरणको नाटक गरेकी छिन् । नोभेम्बर १२ मा कोलम्बियाको बारान्किजाको दक्षिणमा रहेको क्यारिबे बेर्देमा एक बालक अपहरणमा परेको खबर आगो झैँ फैलियो । मोटरसाइकलमा हेलमेट लगाएर आएका २ जनाले सडकमा आमासँग हिँडिरहेको बालकलाई आमाको हातबाट थुतेर लगे ।
प्रहरी घटनास्थलमा आएर आमासँग सोधपुछ गरे । अपहरणमा परेको बच्चाको हुलियासँग मिल्ने एक बालकलाई देखेको भन्दै प्रहरीमा जानकारी आयो । प्रहरी उक्त अपार्टमेन्टमा पुग्दा बच्चा उसकै आमाको साथीसँग रहेको थाहा भयो । बालककी आमाले १७ वर्षीय आफ्नो साथीलाई केही दिन बच्चालाई हेरिदिन अनुरोध गरेकी थिइन् । सोही अनुरोध मानेर युवाले बालकलाई आफ्नो घर ल्याए । अपहरणमा परेको भन्ने बालक आफ्नो घरमा देखेपछि युवाको आमाले प्रहरीलाई खबर गरिदिइन् ।
छोराको अपहरणको नाटक गरेर महिलाले बच्चाको पितासँग ६ करोड पेसो (१४ हजार ७०० डलर) उम्काउन खोजेकी थिइन् । अपहरणको बेलामा बच्चाको मातापिता सँगै थिए कि थिएनन् भन्ने स्पष्ट छैन । बालक अहिले आफ्नो पिताको संरक्षणमा रहेको र आमा जेलमा अभियोगको सजाय कुरिरहेको भन्दै कोलम्बियन सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण