पतिबाट पैसा धुत्न श्रीमतीले आफ्नो २ वर्षीय छोराको अपहरण गरेपछि....

काठमाडौँ । एक जना कोलम्बियाली महिलाले श्रीमानबाट पैसा धुत्न २ वर्षको बालक अपहरणको नाटक गरेकी छिन् । नोभेम्बर १२ मा कोलम्बियाको बारान्किजाको दक्षिणमा रहेको क्यारिबे बेर्देमा एक बालक अपहरणमा परेको खबर आगो झैँ फैलियो । मोटरसाइकलमा हेलमेट लगाएर आएका २ जनाले सडकमा आमासँग हिँडिरहेको बालकलाई आमाको हातबाट थुतेर लगे ।
प्रहरी घटनास्थलमा आएर आमासँग सोधपुछ गरे । अपहरणमा परेको बच्चाको हुलियासँग मिल्ने एक बालकलाई देखेको भन्दै प्रहरीमा जानकारी आयो । प्रहरी उक्त अपार्टमेन्टमा पुग्दा बच्चा उसकै आमाको साथीसँग रहेको थाहा भयो । बालककी आमाले १७ वर्षीय आफ्नो साथीलाई केही दिन बच्चालाई हेरिदिन अनुरोध गरेकी थिइन् । सोही अनुरोध मानेर युवाले बालकलाई आफ्नो घर ल्याए । अपहरणमा परेको भन्ने बालक आफ्नो घरमा देखेपछि युवाको आमाले प्रहरीलाई खबर गरिदिइन् ।
छोराको अपहरणको नाटक गरेर महिलाले बच्चाको पितासँग ६ करोड पेसो (१४ हजार ७०० डलर) उम्काउन खोजेकी थिइन् । अपहरणको बेलामा बच्चाको मातापिता सँगै थिए कि थिएनन् भन्ने स्पष्ट छैन । बालक अहिले आफ्नो पिताको संरक्षणमा रहेको र आमा जेलमा अभियोगको सजाय कुरिरहेको भन्दै कोलम्बियन सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि एकमुस्ट ५० हजार दिने प्रधानमन्त्रीको घोषणा
-
अङ्ग्रेजी नयाँ वर्षमा फेवा किनारमा ‘पोखरा कप अन्तर क्लब’ भलिबल
-
श्रीलङ्कामा लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानुनको प्रस्ताव
-
कोरियाले माग्यो उत्पादनमूलक क्षेत्रका लागि १५ हजार भन्दा बढी नेपाली कामदार
-
नमस्ते पे मार्फत प्रत्येक उडान टिकट खरिदमा रु १०० क्यासब्याक
-
राष्ट्रव्यापी वक्तृत्वकलामा रिलायन्स कलेजको क्लिन स्वीप