इजरायल–हमास युद्ध : अल–शिफा अस्पतालबाट सयौँ मानिस भागिरहेको देखियो, गेटमा सामूहिक चिहान भेटियो
गाजा । गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाबाट सयौं मानिसहरू भागेको देखिएको छ। शनिबार यहाँका मेडिकल स्टाफले उनीहरूलाई इजरायलले अस्पताल छोड्न भनेको बताएका थिए । इजरायलले भने यसलाई अस्वीकार गरेको छ । गाजामा शनिबार हजारौँ मानिस ढुङ्गा र भग्नावशेषले भरिएको सडकमा हिँडिरहेको देखिए । उनीहरू बन्दुकको फायरिङको बिचमा दौडिरहेका थिए।
यसैबिच, हमासको स्वास्थ्य मन्त्रालयले उत्तरी गाजाको जबलियामा दुईवटा विष्फोट हुँदा ८० जनाको मृत्यु भएको जनाएको छ। इजरायलले भने आफ्नो सेनाले संयुक्त राष्ट्रको आश्रय गृहमा आक्रमण गरेको हो वा होइन भन्ने पुष्टि गर्न नसकेको बताएको छ। संयुक्त राष्ट्रसंघको राहत एजेन्सीले विद्यालयलाई आश्रय गृहमा परिणत गरेको थियो। विश्व स्वास्थ्य संगठनको नेतृत्वमा संयुक्त राष्ट्र संघको टोलीले अल–शिफा अस्पताललाई ‘डेथ जोन’ घोषणा गरेको छ।
टोलीले एक घण्टा अस्पतालको निरीक्षण गरेपछि त्यहाँ बम विष्फोट र गोली चलेको निशान देखेको जनाएको छ । उनले अस्पतालको गेटमा नै सामूहिक चिहान फेला पारेको जनाएका । स्थानीयले त्यसमा ८० जना पुरिएको बताएका छन् । यसैबिच, इजरायली सेनाको अल(शिफा छाड्ने चेतावनी दिए पनि ३ सय गम्भीर बिरामी बिरामीहरू अझै अस्पतालमा छन्। डब्लुएचओले त्यहाँ फसेका मेडिकल स्टाफ र बिरामीहरूलाई तत्काल बाहिर निकाल्ने प्रयास गरिरहेको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण