इजरायल–हमास युद्ध : अल–शिफा अस्पतालबाट सयौँ मानिस भागिरहेको देखियो, गेटमा सामूहिक चिहान भेटियो

गाजा । गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाबाट सयौं मानिसहरू भागेको देखिएको छ। शनिबार यहाँका मेडिकल स्टाफले उनीहरूलाई इजरायलले अस्पताल छोड्न भनेको बताएका थिए । इजरायलले भने यसलाई अस्वीकार गरेको छ । गाजामा शनिबार हजारौँ मानिस ढुङ्गा र भग्नावशेषले भरिएको सडकमा हिँडिरहेको देखिए । उनीहरू बन्दुकको फायरिङको बिचमा दौडिरहेका थिए।
यसैबिच, हमासको स्वास्थ्य मन्त्रालयले उत्तरी गाजाको जबलियामा दुईवटा विष्फोट हुँदा ८० जनाको मृत्यु भएको जनाएको छ। इजरायलले भने आफ्नो सेनाले संयुक्त राष्ट्रको आश्रय गृहमा आक्रमण गरेको हो वा होइन भन्ने पुष्टि गर्न नसकेको बताएको छ। संयुक्त राष्ट्रसंघको राहत एजेन्सीले विद्यालयलाई आश्रय गृहमा परिणत गरेको थियो। विश्व स्वास्थ्य संगठनको नेतृत्वमा संयुक्त राष्ट्र संघको टोलीले अल–शिफा अस्पताललाई ‘डेथ जोन’ घोषणा गरेको छ।
टोलीले एक घण्टा अस्पतालको निरीक्षण गरेपछि त्यहाँ बम विष्फोट र गोली चलेको निशान देखेको जनाएको छ । उनले अस्पतालको गेटमा नै सामूहिक चिहान फेला पारेको जनाएका । स्थानीयले त्यसमा ८० जना पुरिएको बताएका छन् । यसैबिच, इजरायली सेनाको अल(शिफा छाड्ने चेतावनी दिए पनि ३ सय गम्भीर बिरामी बिरामीहरू अझै अस्पतालमा छन्। डब्लुएचओले त्यहाँ फसेका मेडिकल स्टाफ र बिरामीहरूलाई तत्काल बाहिर निकाल्ने प्रयास गरिरहेको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको बेङ्लोरका दर्जनौं विद्यालयमा बम राखेको ‘अफबाह’ फैलिएपछि....
-
अस्थायी आवासका लागि आज रु २४ करोड पठाइयो
-
निर्देशक पद गएपछि पौडेलको आक्रोशः राणा शासन भन्दा कडा अधिनायकवाद
-
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : कोइराला
-
पूर्वी नेपालमा बढ्यो हात्ती आङ्तक
-
महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा एक महिला पक्राउ