बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानको वैदेशिक ऋणको आवश्यकता २५ अर्ब डलर तोकियो

आइतबार, ०३ मङ्सिर २०८०, १८ : ५९
आइतबार, ०३ मङ्सिर २०८०

इस्लामावाद । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालू आर्थिक वर्षका लागि पाकिस्तानको वैदेशिक ऋणको आवश्यकतालाई ३.४ अर्ब अमेरिकी डलरले घटाएर २५ अर्ब अमेरिकी डलर कायम गरेको पाकिस्तानको अङ्ग्रेजी दैनिक पत्रिका द एक्सप्रेस ट्रिब्यूनले अधिकारीलाई उद्धृत गरी लेखेको छ । 

पाकिस्तानको अर्थ मन्त्रालय स्रोतका अनुसार आईएमएफले यस आर्थिक वर्षका लागि पाकिस्तानको मुद्रास्फीति प्रक्षेपण पनि २५.९ प्रतिशतबाट घटाएर २२.८ प्रतिशतमा झारेको छ ।

आईएमएफले चालू खाता घाटा (सीएडी), आयात, आर्थिक वृद्धि, मुद्रास्फीति र कूल वित्तपोषण आवश्यकताहरूको लागि वित्त मन्त्रालयको अनुमानलाई अस्वीकार गरेको छ । 

आईएमएफले यस वर्षको जुलाईको अनुमानको तुलनामा पहिलो समीक्षा वार्तामा यी सबै सङ्ख्याहरू समायोजन गरेको थियो । सबै बाह्य वित्तपोषण आवश्यकताहरूमा संशोधनहरू भर्न आवश्यक रकमको साथसाथै परिपक्व ऋणको पुनःभुक्तान र समष्टिगत आर्थिक अनुमानहरू यस हप्ताको तीन बिलियन अमेरिकी डलरको जमानत कार्यक्रमको पहिलो समीक्षाको क्रममा गरिएको थियो । 

द एक्सप्रेस ट्रिब्यूनका अनुसार आईएमएफले अघिल्लो ६.५ अर्ब अमेरिकी डलरको बेलआउट प्याकेजको असफलताको कारण बनेको आम चुनावको मिति तय गर्ने र केही महत्वपूर्ण आर्थिक क्षेत्रहरूलाई बेवास्ता गरेको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोषले विशेष लगानी सहजीकरण परिषद्का गतिविधिलाई पनि आफ्नो कार्यक्षेत्रमा ल्याएको छ ।

पाकिस्तानी अर्थ मन्त्रालयका प्रवक्ता कमर अब्बासीले यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । 

आईएमएफले जुलाई २०२३ को तुलनामा चालू आर्थिक वर्षका लागि वैदेशिक ऋणको आवश्यकता २८.४ अर्ब अमेरिकी डलरबाट घटाएर २५ अर्ब अमेरिकी डलरमा झारेको छ । 

चार महिनामा सरकारले छ अर्ब अमेरिकी डलर ऋण लिइसकेको छ भने थप १२ अर्ब ५० करोड अमेरिकी डलर भुक्तिनीको अपेक्षा गरेको छ । 

द एक्सप्रेस ट्रिब्यूनका अनुसार पाकिस्तानलाई बाँकी १२.५ अर्ब अमेरिकी डलरको ऋण लेनदेन सुरक्षित गर्ने प्रयासको अतिरिक्त लगभग ६.५ अर्ब अमेरिकी डलर जमानतको आवश्यकता छ ।-(रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप