विपिन जोशी गाजामा सुरक्षित
काठमाडौँ । गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी सुरक्षित रहेको पाइएको छ। गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा रहेका थिए। इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीले जानकारी दिएका हुन् ।
‘उनी सुरक्षित रहेको आधिकारिक जानकारी आएको छ । अब उद्धारको लागि सरकारले थप सक्रियता देखाउने छ,’ उनले भने । सुरक्षित रहेका जोशीलाई छुटाउनको लागि पहल भइरहेको उनले बताए ।
यद्यपि इजरायलस्थित नेपाली दूतावासले भने सोमबार विज्ञप्ति जारी गर्दै जोशी सम्पर्कविहीन नै रहेको र उनको खोजी कार्य जारी रहेको बताएको छ ।

यसअघि जोशीको सकुशल उद्धारको माग गर्दै केही दिन अगाडि उनका आमाबुबाले परराष्ट्र मन्त्री साउदसँग भेट गरेका थिए। परराष्ट्रमन्त्री साउदले जोशीको सकुशल उद्धारको लागि नेपाल सरकार, नेपाली दूतावास, इजरायल सरकार लगायतका निकाय अथक प्रयासमा रहेको बताएका थिए।
इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए । जोशीसहित कयौँलाई हमास समूहले नियन्त्रणमा लिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण