पोर्चुगलको लगातार १० औँ जीत
सोमबार, ०४ मङ्सिर २०८०, ०७ : ०१

लिस्बन । पोर्चुगलले शत प्रतिशत नतिजा कायम राख्दै आफ्नो युरो २०२४ छनोट अभियान अन्त्य गरेको छ । आइसल्याण्डलाई २–० ले हराउँदै पोर्चुगलले १० खेलमा १० औँ जीत हासिल गरेको हो ।
खेलको ३७ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले बर्नार्डो सिल्भाको पासमा टोलीलाई अग्रता दिलाए । दोस्रो हाफमा आइसल्याण्डका गोलकिपरले क्रिस्टियानो रोनाल्डोको प्रहारलाई बचाऊ गरेपछि रिकार्डो होर्टाले टोलीका लागि दोस्रो गोल गरे ।
गत जनवरीमा रोबर्टो मार्टिनेजलाई म्यानेजरमा नियुक्त गरेपछि सन् २०२३ मा पोर्चुगलले सबै खेल जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी चुनाव कांग्रेस एक्लै लड्छ, हारे हारिन्छ : गगन थापा
-
पानी नआएपछि मेलम्ची पुगे खानेपानी मन्त्री
-
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
-
‘यस्तो गहकिलो परिवर्तन हाँक्ने व्यक्तिहरू उदाहरणीय बन्न सकेनन्’
-
बुद्धजन्मस्थलबाट सुरु भएको सम्मेलनले पार्टी बलियो बन्छ : देउवा
-
राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दलबाट साझा उम्मेदवार, एमाले एक्लै लड्ने !