पोर्चुगलको लगातार १० औँ जीत
सोमबार, ०४ मङ्सिर २०८०, ०७ : ०१
लिस्बन । पोर्चुगलले शत प्रतिशत नतिजा कायम राख्दै आफ्नो युरो २०२४ छनोट अभियान अन्त्य गरेको छ । आइसल्याण्डलाई २–० ले हराउँदै पोर्चुगलले १० खेलमा १० औँ जीत हासिल गरेको हो ।
खेलको ३७ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले बर्नार्डो सिल्भाको पासमा टोलीलाई अग्रता दिलाए । दोस्रो हाफमा आइसल्याण्डका गोलकिपरले क्रिस्टियानो रोनाल्डोको प्रहारलाई बचाऊ गरेपछि रिकार्डो होर्टाले टोलीका लागि दोस्रो गोल गरे ।
गत जनवरीमा रोबर्टो मार्टिनेजलाई म्यानेजरमा नियुक्त गरेपछि सन् २०२३ मा पोर्चुगलले सबै खेल जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण