दयाहाङ र दिव्याको ‘वरिष्ठ बलराम’ मंसिर २५ बाट फ्लोरमा
सोमबार, ०४ मङ्सिर २०८०, १२ : ३७
काठमाडौँ । रोहित अधिकारीको निर्माण रहने फिल्म ‘वरिष्ठ बलराम’ को छायाङ्कन २५ मङ्सिरबाट सुरु हुने भएको छ । निर्माता अधिकारीले सामाजिक सञ्जालमार्फत फिल्मको छायाङ्कन मिति सार्वजनिक गरेका हुन् ।
फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, दिव्या रायमाझी, माओत्से गुरुङ लगायतको मुख्य भूमिका रहनेछ । दिव्या अभिनेता दिलीप रायमाझीको छोरी हुन् । फिल्मको विषयवस्तु भने अहिले खुलाइएको छैन ।
फिल्मको निर्देशन सुरेन्द्र पौडेलले गर्दैछन् । फिल्मको पटकथा लेखन खगेन्द्र लामिछानेको रहेको छ । फिल्म रोहित अधिकारी फिल्मस् र ओएसआर डिजिटलको सहकार्यमा बन्न लागेको हो । ओमप्रकाश अग्रवाल समेत निर्माता रहने फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता रहनेछन् ।
सुजन चापागाईँको सङ्गीत र सुसन प्रजापतिको छायाङ्कन फिल्ममा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण