सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा चलिरहेका सबै सामाजिक सञ्जाल मन्त्रालयमा सूचीकरण गर्नुपर्ने

सोमबार, ०४ मङ्सिर २०८०, १३ : ०२
सोमबार, ०४ मङ्सिर २०८०

काठमाडौँ । अबदेखि नेपालमा चल्ने सबै सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण गर्नुपर्ने भएको छ । अव्यवस्थितरुपमा चल्दै आएका सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने योजनासहित सरकारले जारी गरेको निर्देशिकामा सबै सामाजिक सञ्चाल प्लेटफर्म अनिवार्यरुपमा सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको हो ।

निर्देशिकाअनुसार सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले यस निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने छ । यसअघिदेखि नै सञ्चालनमा रहेका सामाजिक सञ्जालसमेत निर्देशिका लागू भएको ३ महिना भित्रमा सूचीकृत भइसक्नुपर्ने व्यवस्था छ ।

यसका लागि सञ्जाल प्लेटफर्मका व्यक्ती, कम्पनी वा संस्थाले निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरणको निवेदन दिनुपर्ने छ । निवेदन दिन स्वयं उपस्थित हुन पाउने र अनलाईनमार्फत समेत गर्न पाउने व्यवस्था गरिएको छ । सूचीकरणका लागि आएका निवेदनमध्येबाट मानसिव देखिएका सामाजिक सञ्जाललाई मात्रै नेपालमा सञ्चालनको अनुमति दिइने व्यवस्था निर्देशिकाले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप