नेपालमा चलिरहेका सबै सामाजिक सञ्जाल मन्त्रालयमा सूचीकरण गर्नुपर्ने
काठमाडौँ । अबदेखि नेपालमा चल्ने सबै सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण गर्नुपर्ने भएको छ । अव्यवस्थितरुपमा चल्दै आएका सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने योजनासहित सरकारले जारी गरेको निर्देशिकामा सबै सामाजिक सञ्चाल प्लेटफर्म अनिवार्यरुपमा सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको हो ।
निर्देशिकाअनुसार सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले यस निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने छ । यसअघिदेखि नै सञ्चालनमा रहेका सामाजिक सञ्जालसमेत निर्देशिका लागू भएको ३ महिना भित्रमा सूचीकृत भइसक्नुपर्ने व्यवस्था छ ।
यसका लागि सञ्जाल प्लेटफर्मका व्यक्ती, कम्पनी वा संस्थाले निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरणको निवेदन दिनुपर्ने छ । निवेदन दिन स्वयं उपस्थित हुन पाउने र अनलाईनमार्फत समेत गर्न पाउने व्यवस्था गरिएको छ । सूचीकरणका लागि आएका निवेदनमध्येबाट मानसिव देखिएका सामाजिक सञ्जाललाई मात्रै नेपालमा सञ्चालनको अनुमति दिइने व्यवस्था निर्देशिकाले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण