चितवनमा पाटेबाघ मृत फेला
सोमबार, ०४ मङ्सिर २०८०, १४ : ०८

भरतपुर । चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो ।
अन्दाजी छ–सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । बाघ एक आपसमा जुँधेर मृत्यु भएको अनुमान गरिएको उनले बताए । निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोष्टमाटमको तयारी गरेको छ ।
सन् २०२२ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र अराजकता फैलियो : ओली
-
नेपाल युक्रेन व्यापार : आयात साढे ६ अर्बको, निर्यात शून्य
-
नयाँ पुस्ताले नेताहरूलाई गाली गरेर जिन्दगी बिताउने काम गर्नुहुन्न : भुसाल
-
धमाकेदार ओपनिङबिच एनिमलका निर्मातालाई ठुलो झट्का
-
काठमाडौँ महानगरपालिकाले बाँसुरी वादन प्रतियोगिता आयोजन गर्ने
-
औषधीय गुणले भरिपूर्ण अमला