यूएफओ देखिएको भन्दै भारतको विमानस्थल बन्द गरियो, लडाकु विमान पठाइयो
इम्फाल । भारतको इम्फालमा एक अज्ञात उडान वस्तु (यूएफओ) देखिएको खबरपछि वायु सेनाले यसलाई पत्ता लगाउन दुई राफेल लडाकु विमानहरू पठाउनु परेको घटना बाहिर आएको छ । यसबाहेक भारतको वायु रक्षा प्रणाली पनि तुरुन्तै सक्रिय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, वायुसेनाले अहिलेसम्मको अनुसन्धानमा केही फेला पारेको छैन ।
समाचार एजेन्सी एएनआईले रक्षा स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘विमानस्थलबाट सूचना पाएपछि वायुसेनाको पूर्वी कमाण्डले एक(एक गरी दुईवटा राफेल पठायो तर हामीले आकाशमा कतै पनि कुनै वस्तु देखेनौँ ।’ राफेल लडाकु विमान पश्चिम बंगालको हाशिमारा एयरबेसमा तैनाथ गरिएको छ। यो चीनको सीमा नजिकै रहेका धेरै वायुसेना अड्डाहरूबाट उडान जारी राख्छ।
वायुसेनाले नोभेम्बर १९ मा यूएफओ केसमा वायु रक्षा प्रणाली सक्रिय भएको पुष्टि गरेको थियो। पछि पूर्ण छानबिनपछि मात्र इम्फाल एयरपोर्टलाई उडान सञ्चालनका लागि अनुमति दिइएको थियो। एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले १९ नोभेम्बर दिउँसो २ः ३० बजे इम्फाल एयरपोर्टमा यूएफओ देखेको दाबी गरेको थियो। त्यसपछि एयर इन्डियाका दुई र इन्डिगोको एउटा उडानलाई अवतरण गर्न अस्वीकार गरिएको थियो । उही समयमा, इम्फाल आउँदै गरेको दुई उडानहरू कोलकाता डाइभर्ट गरियो।
एयर इन्डियाको फ्लाइटमा दिल्ली जाँदै गरेको एक महिला यात्रुले भनिन्, ’प्लेनमा चढ्ने काम दिउँसो ३ बजे सकिएको थियो तर साँझ ६ बजेर १० मिनेटमा टेकअफको क्लियरेन्स दिइएको थियो । यसले यात्रुहरू डराएका थिए ।’ नाम नबताउने सर्तमा विमानस्थलका एक अधिकारीले करिब एक घण्टासम्म आकाशमा ठुलो वस्तु उडेको देखिएको बताए । –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण