न्यायाधीश सिफारिसका लागि सर्वोच्चमा अनौपचारिक बैठक
काठमाडौँ । सर्वोच्च अदालतमा रिक्त ७ न्यायाधीशको सिफारिसको सम्बन्धमा छलफल गर्न प्रधानन्यायाधीशले अनौपचारिक बैठक डाकेका छन् । न्यायाधीश सिफारिसका सम्बन्धमा सहमति जुटाउन प्रधानन्यायाधीश सहितका न्याय परिषद्का चार सदस्य सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।
सर्वोच्च अदालत श्रोतका अनुसार यतिबेला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सदस्य रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सर्वोच्च अदालतमा बैठक बसिरहेका छन् । न्याय परिषद्का सदस्य रहने कानुनमन्त्री धनराज गुरुङ नआइपुगेको कारण यतिबेला उनीहरु आन्तरिक छलफलमै रहेका छन् ।
सोमबार पनि प्रधानन्यायाधीश श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश खतिवडा र न्याय परिषद्का सदस्यहरुले अनौपचारिक छलफल गरेका थिए । सोमबारको छलफलबाट कस कसलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने भन्ने सम्बन्धमा सहमति हुन नसकेपछि मंगलबार बिहानै अनौपचारिक छलफल भएको हो ।
मंगलबारको पेसी सूचीमा समेत प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई पेसी तोकिएको छैन । मंगलबार साँझसम्म परिषद्को बैठक बसेर सर्वोच्च अदालतमा सिफारिस हुने व्यक्तिहरुको नाम टुङ्ग्याई सिफारिस गर्ने तयारी रहेको सर्वोच्च अदालत श्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण