‘इलाम गोल्डकप’ माघमा हुने
इलाम । इलाम सदरमुकाममा प्रथम ‘इलाम गोल्डकप’ हुने भएको छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा आउँदो माघ ६ देखि १३ गतेसम्म गोल्डकप गर्न लागिएको हो ।
आयोजक क्लबका सचिव प्रकाश घिमिरेका अनुसार प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ ।
इलामको ठूलो टुँडिखेलमा हुने प्रथम इलाम गोल्डकपमा नेपाल र देशबाहिरको एउटा टोलीसहित आठ टोली सहभागी हुने जनाइएको छ । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरीलगायत टोली सहभागी हुने भएपनि प्रतियोगितामा सहभागी हुने केही टोलीको अझै टुङ्गो लागिसकेको छैन ।
विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाखसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीको पुरस्कार भने तय हुन बाँकी नै रहेको जनाइएको छ ।
इलाममा यसअघि माईभ्याली गोल्डकपसमेत सञ्चालन हुँदै आएको थियो । माईभ्याली गोल्डकपसमेत फागुनमा गर्ने भनेर मिति तय भइसकेको थियो तर तत्कालका लागि माईभ्याली गोल्डकप नगर्ने बताइएको छ । पहाडी जिल्लामा छोटो समयमा दुईवटा प्रतियोगिता गर्न नसकिने भएपछि माईभ्यालीले आयोजना गर्ने प्रतियोगिता स्थगित गरेर इलाम गोल्डकपलाई नै सहयोग गर्ने माईभ्याली फुटबल क्लबका अध्यक्ष दिनेश काफ्लेले बताए ।
उनै दाता, सङ्घसंस्था तथा पुरस्कार प्रायोजन गर्नेहरु भएपछि पनि तत्कालका लागि उक्त प्रतियोगिता स्थगित गरिएको हो ।
यसअघि फागुन २४ देखि चैत ३ गतेसम्म यही टुँडिखेलमा माईभ्याली गोल्डकप आयोजनाको घोषणा गरिएको थियो तर माईभ्याली फुटबल क्लब र रेडहर्सबीच भएको सहमतिअनुसार माईभ्याली गोल्डकपलाई केही समय स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
-
रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला विजयी
-
दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण