सुवेदीपछि प्रधानन्यायाधीश बन्ने रोलक्रममा राखी ढुङ्गानाको नाम सिफारिस
काठमाडौँ । नहकुल सुवेदीपछि प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहने गरी सर्वोच्च अदालतको न्यायाधीशमा टेकप्रसाद ढुङ्गानाको नाम सिफारिस भएको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले नहकुल सुवेदीपछि करिब ६ महिना प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहने गरी ढुङ्गानाको नाम सिफारिस गरेको हो ।
मंगलबार बसेको परिषद्को बैठकले उच्च अदालतका न्यायाधीशहरु शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना तथा कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।
हालको सिफारिस संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएमा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका टेकप्रसाद ढुङ्गाना करिब ६ महिना सर्वोच्च अदालतको न्यायाधीश बन्नेछन् ।
हालको रोलक्रम अनुसार सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारबाट मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीश बनेका नहकुल सुवेदी २०९३ असार ७ गतेसम्म प्रधानन्यायाधीश बन्नेछन् । त्यसपछि २०९३ पुष ५ गतेसम्म टेकप्रसाद ढुङ्गाना प्रधानन्यायाधीश बन्न सक्नेछन् ।
सर्वोच्च अदालतमा अवकाशको उमेर हद ६५ वर्ष रहेको छ । ६५ वर्ष पुगेपछि स्वतः अवकाशमा जाने भएकाले सुवेदी २०९३ असार ७ र ढुङ्गाना २०९३ पुष ५ मा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् ।
उमेर र वरिष्ठताका आधारमा ढुङ्गाना प्रधानन्यायाधीशको रोलक्रममा रहेको भएपनि प्रधानन्यायाधीश बनिहाल्छन् भन्न भने सकिँदैन । अन्य कुरा यथावत् रहेमा भने ढुङ्गाना प्रधानन्यायाधीश बन्ने निश्चितजस्तै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण