जर्मन रक्षामन्त्री युक्रेन भ्रमणमा
किएभ । जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस रुसी सेनाविरुद्धको लडाइँमा युक्रेनका लागि बर्लिनको समर्थन पुष्टि गर्न मङ्गलबार अघोषित भ्रमणका क्रममा किएभ पुगेका छन् ।
रेलबाट किएभ पुगेका पिस्टोरियसले आफ्ना युक्रेनी समकक्षीका साथै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरे । अमेरिकापछि किएभलाई सबैभन्दा दोस्रो ठूलो सैन्य आपूर्तिकर्ता बर्लिनले मध्यपूर्व युद्धमा ध्यान केन्द्रित भएपछि युक्रेनका लागि समर्थन कम हुने चिन्तासँगै आश्वासन दिने कोसिस गरिरहेको छ ।
युक्रेनमाथि रुसी हवाई हमलामा वृद्धि भएपछि र किएभ आउने चिसोको महिनामा मुलुकको ऊर्जा संयन्त्रहरूमाथि हमलामा अपेक्षित वृद्धिका लागि तयार भइरहेका बेला यो भ्रमण भएको हो । यसै वर्षको सुरुमा रक्षामन्त्री बनेपछि पिस्टोरियसको यो दोस्रो किएभ भ्रमण हो । साथै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको अघोषित भ्रमण गरेको एक दिनपछि उनको यो भ्रमण भएको हो ।
राजनीतिक वार्ताका साथै पिस्टोरियसले किएभको मैदान स्क्वायरमा माल्यार्पण समारोहमा भाग लिनेछन् र एउटा सैन्य प्रशिक्षण केन्द्रको भ्रमण गर्नेछन् । प्रारम्भिकरूपमा केही हिचकिचाहटपछि जर्मनीले रुसको आक्रमणका कारण युक्रेनका लागि आफ्नो समर्थन तीव्ररूपमा बढाएको छ र किएभलाई भारी युद्ध ट्याङ्कदेखि लिएर हवाई रक्षा प्रणाली र गोलाबारुदसम्मको हतियारको एउटा विशाल शृङ्खला उपलब्ध गराएको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण