लखनउ जायन्ट्स छाडेर कोलकाता नाइट राइडर्स पुगे गम्भीर
बुधबार, ०६ मङ्सिर २०८०, १५ : ५३
एजेन्सी । कोलकाता । आईपीएल २०२४ अघि पूर्वभारतीय क्रिकेटर गौतम गम्भीरले लखनउ सुपर जायन्ट्सको मेन्टर पदबाट राजीनामा दिएका छन् । योसँगै उनी कोलकाता नाइट राइडर्स टोलीको मेन्टर बनेका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा कोलकाताको जर्सी लगाएर यसबारे जानकारी दिँदै लेखेका छन्, ‘म फर्किएको छु, मेरो नम्बर २३ हो ।’ कोलकाता नाइट राइडर्सले पनि यसको पुष्टि गरेको छ ।
I’m back. I’m hungry. I’m No.23. Ami KKR ❤️❤️ @KKRiders pic.twitter.com/KDRneHmzN4
— Gautam Gambhir (@GautamGambhir) November 22, 2023
यसअघि लखनउबाट राजीनामा दिँदै उनले लेखेका थिए, ‘म लखनउ सुपर जायन्ट्ससँग आफ्नो शानदार यात्रा अन्त्य भएको घोषणा गर्दछु । म हरेक खेलाडी, प्रशिक्षक र सपोर्ट स्टाफलाई धन्यवाद भन्न चाहन्छु जसले यो यात्रालाई सम्झनलायक बनाए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण