सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

देशविरोधी गतिविधि गरेको भन्दै चार जना कर्मचारी बर्खास्त

बुधबार, ०६ मङ्सिर २०८०, १५ : ५९
बुधबार, ०६ मङ्सिर २०८०

जम्मू कश्मीर । जम्मू कश्मीर सरकारले मंगलबार एक डाक्टरसहित चार कर्मचारीहरूलाई उनीहरूको जागिरबाट बर्खास्त गरेको छ।  यसमा श्रीनगरको सरकारी अस्पतालका डा. निसार अल हसन, प्रहरी जवान अब्दुल माजिद भट्ट, शिक्षक फारुक अहमद मिर र ल्याब टेक्निसियन सलाम रादर सामेल छन्।

जम्मू कश्मीरको प्रशासन विभागले २१ नोभेम्बर २०२३ मा चारवटा छुट्टाछुट्टै आदेश जारी गरी यी कर्मचारीहरूलाई जागिरबाट बर्खास्त गरेको हो। सरकारी आदेशमा भनिएको छ, ‘गभर्नरलाई प्राप्त जानकारीका आधारमा र कर्मचारीको गतिविधिलाई ध्यानमा राखी उनीहरुलाई जागिरबाट बर्खास्त गरिएको हो । संविधानको धारा ३११ को उपधारा २ बमोजिम दिएको अधिकार प्रयोग गरी यस्तो निर्णय गरिएको आदेशमा उल्लेख छ । आदेशमा भनिएको छ, "उपराज्यपाल भारतको संविधानको धारा ३११ (२) (सी) अन्तर्गत यी कर्मचारीहरू विरुद्धको निर्णय राज्यको सुरक्षाको हितमा लिइएकोमा सन्तुष्ट हुनुहुन्छ र यस विषयमा अनुसन्धानको आवश्यकता छैन।’

दुई वर्ष पहिले, जम्मू र कश्मीर सरकारले 'राज्यको सुरक्षामा प्रतिकूल गतिविधिहरू' को आशंकामा सरकारी कर्मचारीहरू विरुद्ध कारबाही गर्न कार्यदल गठन गरेको थियो। यो कार्यदललाई सरकारी कर्मचारीमाथि छानबिन गर्ने जिम्मा दिइएको थियो ।

भर्खरै लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले विगत दुई वर्षमा कूल ५५ सरकारी कर्मचारीलाई ‘राष्ट्रविरोधी गतिविधि’ गरेको भन्दै जागिरबाट निकालिएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप