भूकम्प प्रभावित क्षेत्रमा अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरु
त्रिवेणी । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ५ रेक्टरस्केलको भूकम्पले मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्यायो । त्यसमा विद्यालयका भवन पनि सुरक्षित रहन सकेनन् । विद्यालय भवनमा क्षति पुर्याएपछि विद्यालय नजिकै विद्यार्थीका लागि त्रिपाल प्रयोग गरेर अस्थायी सिकाइ केन्द्र स्थापना गरी बालबालिकाको पठनपाठन सुरु गरिएको छ ।
जिल्लाभरमा कूल दुई सय १३ वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरिएको छ । केही सिकाइ केन्द्र स्थापना भएर पठनपाठन सुरु भएको छ भने केही निर्माणको क्रममा रहे पनि पठनपाठन भने जिल्लाभर नै सुरु भइसकेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख ताराप्रकाश पुनले जानकारी दिए ।
भूकम्पले बढी प्रभावित पारेको आठविसकोट नगरपालिकामा एक सय ३९ र सानीभेरी गाउँपालिकामा ७४ सिकाइ केन्द्र स्थापना गरिएको छ । मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र बाँफीकोट गाउँपालिकामा भूकम्पले विद्यालय भवनमा त्यति धेरै क्षति नगरेकाले विद्यालय भवनबाटै पठनपाठन भइरहेको एकाइ प्रमुख पुनले जानकारी दिए । एक महिनाको लामो बिदापछि सोमबारदेखि विद्यालय खुलेका छन् ।
भूकम्पले आठविसकोटका ६४ विद्यालयमध्ये ५३ मा क्षति पुर्याएको छ । जसमा दुई सय ५२ वटा कक्षाकोठा र ७६ वटा शौचालयमा क्षति पुगेको आठविसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीले जानकारी दिए । नगरपालिकामा नौ हजार आठ सय ४७ विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् । एघार विद्यार्थीको मृत्यु भएको छ भने एक जना कार्यालय सहयोगीको पनि भूकम्पमा परी मृत्यु भएको छ ।
नगरपालिकाका अधिकांश ठाउँमा पठनपाठन सुरु भए पनि केही ठाउँमा अस्थायी सिकाइ केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेकाले तत्काल पठनपाठन सुरु हुने उनले जानकारी दिए । भूकम्पले शैक्षिक सामग्रीमा क्षति पुगेकाले आवश्यक सामग्री उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
भूकम्पप्रभावित क्षेत्रका सबै ठाउँमा अस्थायी सिकाइ केन्द्र निर्माण सकिएकौ छैन । अस्थायी सिकाइ केन्द्र निर्माण नभएका ठाउँमा विद्यालयको खुला चउरबाटै पठनपाठन भइरहेको शिक्षा विकास तथा समन्वय एकाइ रुकुम पश्चिमले जनाएको छ ।
भूकम्पका कारण रुकुम पश्चिममा एक सय आठ विद्यालयका पाँच सय ४४ वटा कक्षा कोठामा क्षति पुगेको छ भने एक सय ३८ वटा शौचालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण