सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

हमास र इजरायलबिच भएको सम्झौता र अस्थायी युद्धविराम स्थगित

बिहीबार, ०७ मङ्सिर २०८०, १२ : ०६
बिहीबार, ०७ मङ्सिर २०८०

तेल अभिभ। हमास र इजरायलबिच बन्धकहरूलाई लिएर भएको सम्झौता अन्तर्गत लागू गरिएको अस्थायी युद्धविराम स्थगित भएको छ। यो सम्झौताको पहिलो चरण थियो । 

यो युद्धविराम स्थानीय समय अनुसार १० बजेदेखि लागू हुने भनिएको थियो । युद्धविराम लागू भएको केही घण्टापछि हमासले इजरायली बन्धकहरूलाई रिहा गर्ने र इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने पनि भनिएको थियो। 

तर केही समयअघि इजरायली सेना प्रमुखका प्रवक्ता ड्यानियल हगारीले एक ब्रिफिङमा युद्धविराम कहिले सुरु हुन्छ भन्ने थाहा नभएको बताएका थिए । त्यस्तै इजरायलको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखले दुई पक्षबीचको वार्ता अगाडि बढिरहेको तर बन्धकहरू शुक्रबारसम्म रिहा नहुने बताइरहेका छन्। 

युद्धविराम लागू गर्न करिब २४ घण्टा ढिलाइ हुने र यो सम्भवत: भोलिबाट लागू हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप