हमास र इजरायलबिच भएको सम्झौता र अस्थायी युद्धविराम स्थगित
बिहीबार, ०७ मङ्सिर २०८०, १२ : ०६
तेल अभिभ। हमास र इजरायलबिच बन्धकहरूलाई लिएर भएको सम्झौता अन्तर्गत लागू गरिएको अस्थायी युद्धविराम स्थगित भएको छ। यो सम्झौताको पहिलो चरण थियो ।
यो युद्धविराम स्थानीय समय अनुसार १० बजेदेखि लागू हुने भनिएको थियो । युद्धविराम लागू भएको केही घण्टापछि हमासले इजरायली बन्धकहरूलाई रिहा गर्ने र इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने पनि भनिएको थियो।
तर केही समयअघि इजरायली सेना प्रमुखका प्रवक्ता ड्यानियल हगारीले एक ब्रिफिङमा युद्धविराम कहिले सुरु हुन्छ भन्ने थाहा नभएको बताएका थिए । त्यस्तै इजरायलको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुखले दुई पक्षबीचको वार्ता अगाडि बढिरहेको तर बन्धकहरू शुक्रबारसम्म रिहा नहुने बताइरहेका छन्।
युद्धविराम लागू गर्न करिब २४ घण्टा ढिलाइ हुने र यो सम्भवत: भोलिबाट लागू हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण