बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानमा ४  जना आतङ्कवादी मारिए

बिहीबार, ०७ मङ्सिर २०८०, २१ : ११
बिहीबार, ०७ मङ्सिर २०८०

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार चार जना आतङ्ककारीहरू मारिएका छन् । प्रहरीको आतङ्कवाद विरोधी विभागले गरेको कारबाहीमा चार आतङ्ककारी मारिएको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सो घटना तुर्बत जिल्लामा भएको थियो । प्रहरीले एउटा कम्पाउन्डमा आतङ्ककारीहरूको उपस्थितिको बारेमा गुप्तचर सूचनाको आधारमा कारबाही सञ्चालन गरेको थियो ।  

प्रहरीले छापा मार्दा आतङ्ककारीहरूले प्रहरी माथि गोली प्रहार गरेका थिए भने, त्यसको जवाफी कारबाहीमा उनीहरू मारिएका हुन् । 

मारिएका आतङ्ककारीबाट हतियार र गोलाबारुद बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ । आतङ्ककारीहरू सो प्रान्तमा आतङ्कवादी हमला र हत्यालगायत विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ ।-(रासस/सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप