पाकिस्तानमा ४ जना आतङ्कवादी मारिए
बिहीबार, ०७ मङ्सिर २०८०, २१ : ११
इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार चार जना आतङ्ककारीहरू मारिएका छन् । प्रहरीको आतङ्कवाद विरोधी विभागले गरेको कारबाहीमा चार आतङ्ककारी मारिएको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सो घटना तुर्बत जिल्लामा भएको थियो । प्रहरीले एउटा कम्पाउन्डमा आतङ्ककारीहरूको उपस्थितिको बारेमा गुप्तचर सूचनाको आधारमा कारबाही सञ्चालन गरेको थियो ।
प्रहरीले छापा मार्दा आतङ्ककारीहरूले प्रहरी माथि गोली प्रहार गरेका थिए भने, त्यसको जवाफी कारबाहीमा उनीहरू मारिएका हुन् ।
मारिएका आतङ्ककारीबाट हतियार र गोलाबारुद बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ । आतङ्ककारीहरू सो प्रान्तमा आतङ्कवादी हमला र हत्यालगायत विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण