मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुरुषलाई पनि आवश्यक छ स्किन केयर, छालालाई स्वस्थ कसरी राख्ने ?

शुक्रबार, ०८ मङ्सिर २०८०, १५ : ५८
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । धेरैजसो पुरुषहरु आफ्नो छालाको हेरचाह गर्दैनन् । तयार हुने, चिरिच्याट्ट परेर हिँड्ने, छाला वा कपालको स्याहार गर्ने कुराहरुलाई धेरैले केटी वा महिलासँग मात्रै जोडेर हेर्ने गरेका छन् । तर छालाको स्याहार अर्थात् स्क्रिन केयर स्त्रीसँग मात्रै सम्बन्धित कुरा होइन । हुन त यो कहिले पनि स्त्रीसँग मात्रै सम्बन्धित छँदै थिएन । हामीले नै यसलाई केटीसँग मात्रै जोडेर हेरिरह्यौँ ।

तर छालाको स्याहार महिलाका लागि जति जरुरी र आवश्यक छ, पुरुषका लागि पनि त्यत्तिकै छ । तर यसको अर्थ तपाईँले श्रीमती वा बहिनी वा छोरीको स्किन केयर प्रडक्ट लगाउनुपर्छ भन्ने होइन । पुरुषको छाला महिलाको भन्दा मोटो हुन्छ । बजारमा पुरुषका लागि पनि छाला सुहाउँदो स्क्रिनकेयर प्रडक्ट धेरै छन् । हर्मोनको भिन्नता, जीवनशैली र वातावरणसँगको एक्सपोजरका कारण पनि पुरुषमा छाला सम्बन्धी चिन्ता र चासो महिलाको भन्दा फरक हुन्छ ।

टेस्टोस्टेरोनको उच्च मात्राका कारण पुरुषको छाला महिलाको भन्दा बढी चिल्लो हुन्छ । टेस्टोस्टेरोनले सिबम उत्पादनलाई बढाउँछ । अत्यधिक सिबमका कारण खासगरी किशोरावस्था र युवावस्थाको शुरुआती बेलामा डन्डीफोर आउन थाल्छ । दाह्री काट्दा रेजर बर्न हुन्छ । दाह्री काट्ने मेशिनका कारण छाला रातो हुन्छ, चिलाउन थाल्छ । पुरुषहरुको छाला चिल्लो भएपनि अनुहार र हातका छाला सुख्खा हुन्छन् ।

कडा खालको साबुन, डिटर्जेन्ट र मौसमका कारण छालामा सुख्खापन बढाउन सक्छ । पुरुषहरुले छालाको हेरचाहमा त्यति समय नदिने भएकोले महिलाका तुलनामा उनीहरुमा छिटै बुढ्यौलीका संकेत देखिन थाल्छ । पुरुषहरुमा एष्ट्रोजेन कम हुने,  घाममा छाला डढ्ने र धुम्रपानका कारण पनि उनीहरुको छालामा छिटै चाउरी देखिन थाल्छ । नियमित रुपमा छालाको हेरचाह गर्ने हो भने सबै उमेर समूहका पुरुषहरुले आफ्नो छालालाई स्वस्थ र जवान राख्न सक्छन् ।

क्लिन्जः हरेक दिन दुई पटक जेन्टल क्लिञ्जर प्रयोग गरेर छालामा भएको फोहोर, चिल्लो र पसिना हटाउन मुख सफा गर्नुस् ।

एक्सफोलियशनः हप्तामा एक वा दुई पटक राति सुत्नु अघि स्क्रब प्रयोग गरेर छालामा रहेको मृत कोषहरु हटाउनुस् ।

मोइष्चराइजः छालालाई हाइड्रेटेड राख्न नियमित रुपमा मोइष्चराइजरको प्रयोग गर्नुस् । छाला सुहाउँदो मोइष्चराइजर प्रयोग गर्नुस् ।

सनस्क्रिनः घामको हानिकारक परावैजनी किरणबाट जोगाउन छालामा ३० वा सोभन्दा बढी एसपीएफको सनस्क्रिन लगाउनुस् ।

तपाईको छाला संवेदनशील छ वा चाँडै डाबर आउने खालको छ भने छालाको सफाई झनै जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप