गाजामा १२ हजार टन मानवीय सहायता पठाइयो
कायरो । इजिप्ट र घेरामा परेको प्यालेस्टिनी क्षेत्रबिचको एक मात्र जोड्ने बिन्दु रफाह सीमाबाट करिब १२ हजार टन मानवीय सहायता गाजा पट्टी पठाइएको इजिप्टका राष्ट्रपतिले बताएका छन् ।
काएरो अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजित प्यालेस्टिनी समर्थनमा आयोजित एक कार्यक्रममा राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले भने,'एक हजार तीन सय ट्रकहरूद्वारा ढुवानी गरिएको झण्डै १२ हजार टन राहत सहायता रफाह हुँदै गाजामा पठाइएको छ ।'
उनले इजिप्टको उत्तरी सिनाईमा रहेको एल–आरिश अन्तर्राष्ट्रिय विमानस्थलले राहत सामग्रीले भरिएको एक सय ५८ उडानहरू प्राप्त गरेको र इजिप्टले गाजालाई पठाइएको कूल सहायताको ७० प्रतिशत अनुदान रहेको बताए ।
इजिप्टका राष्ट्रपतिले गाजामा खाद्यान्न, चिकित्सा सहायता र इन्धन पुर्याउन र युद्धग्रस्त क्षेत्रबाट घाइतेहरूलाई लिन रफाह सीमानाका खुला राख्ने इजिप्टको निर्णयको महत्वलाई जोड दिए ।
उनले थपे, “संयुक्त राज्य अमेरिका र इजिप्टको संयुक्त प्रयास र कतारको मध्यस्थतामा कतार, हमास र इजरायलले चार दिनको लागि मानवीय युद्ध विराम भएको छ । यसलाई थप लम्ब्याउन सकिन्छ ।”-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण