शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गाजामा १२ हजार टन मानवीय सहायता पठाइयो

शुक्रबार, ०८ मङ्सिर २०८०, १८ : २२
शुक्रबार, ०८ मङ्सिर २०८०

कायरो । इजिप्ट र घेरामा परेको प्यालेस्टिनी क्षेत्रबिचको एक मात्र जोड्ने बिन्दु रफाह सीमाबाट करिब १२ हजार टन मानवीय सहायता गाजा पट्टी पठाइएको इजिप्टका राष्ट्रपतिले बताएका छन् । 

काएरो अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजित प्यालेस्टिनी समर्थनमा आयोजित एक कार्यक्रममा राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले भने,'एक हजार तीन सय ट्रकहरूद्वारा ढुवानी गरिएको झण्डै १२ हजार  टन राहत सहायता रफाह हुँदै गाजामा पठाइएको छ ।' 

उनले इजिप्टको उत्तरी सिनाईमा रहेको एल–आरिश अन्तर्राष्ट्रिय विमानस्थलले राहत सामग्रीले भरिएको एक सय ५८ उडानहरू प्राप्त गरेको र इजिप्टले गाजालाई पठाइएको कूल सहायताको ७० प्रतिशत अनुदान रहेको बताए ।

इजिप्टका राष्ट्रपतिले गाजामा खाद्यान्न, चिकित्सा सहायता र इन्धन पुर्याउन र युद्धग्रस्त क्षेत्रबाट घाइतेहरूलाई लिन रफाह सीमानाका खुला राख्ने इजिप्टको निर्णयको महत्वलाई  जोड दिए ।  

उनले थपे, “संयुक्त राज्य अमेरिका र इजिप्टको संयुक्त प्रयास र कतारको मध्यस्थतामा कतार, हमास र इजरायलले चार दिनको लागि मानवीय युद्ध विराम भएको छ । यसलाई थप लम्ब्याउन सकिन्छ ।”-(रासस/सिन्ह्वा)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप