आयातलाई प्रोत्साहन गर्ने नीतिले परनिर्भर बन्दै नेपाल
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आयातलाई प्रोत्साहन गर्ने नीति हुँदा परनिर्भर बन्दै गएको बताएका छन् । उद्योग दिवसको दिन आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले उद्योगलाई प्रबन्धन गर्ने नीति छाडेर आयात प्रोत्साहन गर्ने नीति हुँदा परनिर्भर बन्दै गएको बताएका हुन् ।
आज आयोजित ९ औं उद्योग दिवसका अवसरमा अध्यक्ष अग्रवालले भने, ‘देशको कूल गार्हस्थ उत्पादन (जीडीप)मा उद्योगहरुको योगदान घट्दै गइरहेको छ । यसमा गम्भिर भएर मूल्यांकन र समीक्षा समेत गर्नुपर्ने आवश्यकता मैले देखेको छु ।’ उनले साना मझ्यौला लगायत ठूला उत्पादनमुलक उद्योगहरूलाई प्राथमिकतामा राखेर त्यस क्षेत्रमा कर्जाको विस्तार हुने नीति अबलम्बन गरिनु पर्नेमा परिसंघले निरन्तर पहल गरिरहेको बताए ।
सरकारको नीति आन्तरिक उत्पादन बढाउने तथा त्यसको उपभोग गर्ने हुनुपर्ने बताउँदै अध्यक्ष अग्रवालले भने, ‘आयातलाई प्रतिस्थापन गर्ने र निर्यातलाई प्रोत्साहन गर्ने नीति हुनु पर्ने हाम्रो माग हो ।’ नीति उत्पादन तथा स्वदेशी उपभोगमुखी हुँदा मुलुकका उद्योगहरू प्रोत्साहन हुने र थप उद्योग कलकारखानाहरू खुल्दै जान्छन् यसले उत्पादनशील क्षेत्रमा बढ्छ र दीगो पनि हुन्छ ।
परिसंघले मुलुकमा सम्भावना भएका ‘कम्तिमा १० वटा वस्तुहरुको पहिचान गरौं, ती वस्तुहरुको संरक्षण गरौं’ र ती वस्तुहरुमा पूर्ण रुपमा आत्मनिर्भर बनौं भनेर सुझाव दिदै आएको छ । नेपालले उत्पादनको सम्भावना भएका वस्तु पहिचान गरेर प्रवद्र्धन गर्न कम्तिमा १० वर्षका लागि स्थायी नीति तय गरिनु परिसंघको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण