ब्राजिल र अर्जेन्टिनाबिचको खेलमा भएको झडपको विषयमा फिफाद्वारा अनुसन्धान सुरु
रियो दि जनेरियो । विश्वकप छनोट खेल अन्तरगत ब्राजिल र अर्जेन्टिनाबिचको खेलमा दर्शकदीर्घामा भएको झडपको विषयमा फिफाले अनुशासनसम्बन्धी अनुसन्धान सुरु गरेको छ । माकाराना स्टेडियममा झडप हुँदा खेल ३० मिनेटसम्म रोकिएको थियो ।
ब्राजिलका प्रहरीले समर्थकहरूमाथि लाठीचार्ज गरेका थिए । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले खेलपछि घटनामा ठुलो त्रासदी टरेको बताएका थिए ।
दुवै देशका फुटबल संघले कारबाही भोग्न सक्ने बताइएको छ । मंगलबारको खेलमा राष्ट्रिय गान गाउने क्रममा विवाद सुरु भएको थियो ।
दुवै टोलीका खेलाडीहरू विवाद भएको स्थानमा पुगेर समर्थकहरूलाई शान्त बनाउने प्रयास गरेका थिए । खेलमा अर्जेन्टिना १–० ले विजयी भएको थियो ।
फिफाको डिसिप्लिनरी कमिटीले ब्राजिलियन फुटबल एसोसिएसन (सीएफबी) र अर्जेन्टिनी फुटबल एसोसिएसन (एफए) माथि अनुसन्धान सुरु गरिएको जानकारी दिइएको छ । ब्राजिलमाथि खेलमा सुरक्षा प्रदान गर्ने विषयमा अनुसन्धान हुँदैछ भने अर्जेन्टिनामाथि दर्शकको हुलदङ्गा र खेलमा ढिलाइ गरेको विषयमा अनुसन्धान भइरहेको छ । यस्तो विषयमा जरिवानादेखि खाली स्टेडियममा खेल खेलाउनुपर्नेसम्मको कारबाही हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण