पाकिस्तानको एक मलमा आगलागी हुँदा आठ जनाको मृत्यु
शनिबार, ०९ मङ्सिर २०८०, १५ : २६
कराँची । पाकिस्तानको कराँची सहरको एक सपिङ मलमा भएको आगलागीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको पुष्टि भएको छ । कराचीका मेयर मुर्तजा वहाब सिद्दीकीले सोसल मिडिया साइट एक्समा आगलागीको जानकारी दिएका छन्।
कराँचीको जिन्नाह अस्पतालका प्रवक्ता जहाँगीर इजाजका अनुसार अस्पतालमा आठ जनालाई ल्याइएको थियो जसको पहिले नै मृत्यु भइसकेको थियो। तीन जना घाइते र खतरामुक्त रहेको पनि उनले बताए ।
अस्पतालको रेकर्ड अनुसार आरजे मलमा आगलागीपछि उद्धार कार्यमा पहिलो शव पाकिस्तानी समय अनुसार बिहान ८:३९ बजे अस्पताल ल्याइएको थियो ।
अभिलेख अनुसार आगलागीमा परी मृत्यु हुने र घाइते हुनेहरुको उमेर २२ देखि ४३ वर्ष रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण