रुसद्वारा कीएभमा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण
कीएभ । रुसले कीएभमा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ । किएभका मेयरले यसबारे जानकारी दिँदै यसलाई गत वर्ष सुरु भएको यो युद्धमा सबैभन्दा ठूलो आक्रमण भएको बताएका हुन् ।
शनिबार बिहान कीएभका बासिन्दाहरू आक्रमणको आवाजमा सूर्योदय अघि ब्युँझिए। हवाई आक्रमणको आवाज अर्को छ घण्टासम्म सहरभरि गुन्जिरहेको थियो। उत्तर र पूर्वबाट निरन्तर आक्रमणहरू भइरहेका थिए।
अधिकारीहरूले सहरमा इरानमा निर्मित ७५ शाहेद ड्रोनले आक्रमण गरेको थियो जसमध्ये ७४ लाई खसालिएको बताएका छन् । रुसी क्षेप्यास्त्रको भण्डार घटेको खबर आएसँगै शाहेद ड्रोनको प्रयोग बढेको छ । तिनीहरू मिसाइलहरू भन्दा सुस्त गतिमा आक्रमण गर्छन्, र तिनीहरूको फायरपावर पनि फरक छ।
युक्रेनले अधिकांश क्षेप्यास्त्रहरू खसालेको दाबी गरेको छ, जबकि ड्रोनको भग्नावशेषले पनि ठूलो क्षति पुर्याउन सक्छ। यद्यपि यस आक्रमणबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन ।
कीएभका मेयरले भने, ‘आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन्। जसमा ११ वर्षीय बालक पनि छन्।’ यस हमलाबाट क्षतिग्रस्त भवनमा एउटा विद्यालय पनि परेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण