रुसद्वारा कीएभमा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण

कीएभ । रुसले कीएभमा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ । किएभका मेयरले यसबारे जानकारी दिँदै यसलाई गत वर्ष सुरु भएको यो युद्धमा सबैभन्दा ठूलो आक्रमण भएको बताएका हुन् ।
शनिबार बिहान कीएभका बासिन्दाहरू आक्रमणको आवाजमा सूर्योदय अघि ब्युँझिए। हवाई आक्रमणको आवाज अर्को छ घण्टासम्म सहरभरि गुन्जिरहेको थियो। उत्तर र पूर्वबाट निरन्तर आक्रमणहरू भइरहेका थिए।
अधिकारीहरूले सहरमा इरानमा निर्मित ७५ शाहेद ड्रोनले आक्रमण गरेको थियो जसमध्ये ७४ लाई खसालिएको बताएका छन् । रुसी क्षेप्यास्त्रको भण्डार घटेको खबर आएसँगै शाहेद ड्रोनको प्रयोग बढेको छ । तिनीहरू मिसाइलहरू भन्दा सुस्त गतिमा आक्रमण गर्छन्, र तिनीहरूको फायरपावर पनि फरक छ।
युक्रेनले अधिकांश क्षेप्यास्त्रहरू खसालेको दाबी गरेको छ, जबकि ड्रोनको भग्नावशेषले पनि ठूलो क्षति पुर्याउन सक्छ। यद्यपि यस आक्रमणबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन ।
कीएभका मेयरले भने, ‘आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन्। जसमा ११ वर्षीय बालक पनि छन्।’ यस हमलाबाट क्षतिग्रस्त भवनमा एउटा विद्यालय पनि परेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश