बेन स्टोक्सपछि आईपीएल नखेल्ने जो रुटको निर्णय

काठमाडौँ । इङ्गल्यान्डका प्रभावशाली अलराउन्डर जो रुटले इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण नखेल्ने निर्णय गरेका छन् । आगामी आईपीएल नखेल्ने निर्णय गर्ने रुट इङ्गल्यान्डका दोस्रो प्रभावशाली खेलाडी हुन् ।
यसअघि अर्का अनुभवी अलराउन्डर बेन स्टोक्सले आगामी आईपीएल नखेल्ने निर्णय लिएका थिए । यसअघि उनले राजस्थान रोयल्सबाट आईपीएल खेलेका थिए । राजस्थान रोयल्स पनि रुटले आगामी आईपीएल नखेल्ने समाचारको पुष्टि गरेको छ ।
‘हामी रुटको निणर्यको सम्मान गर्छौं,’ राजस्थान रोयल्सका क्रिकेट निर्देशक कुमार सांगाकाराले भनेको छन्, ‘उनलाई आगामी आईपीएलका लागि टोलीमा समावेश गर्न हामीले सम्पर्क गरेका थियौँ । तर, उनले आफू आगामी आईपीएलमा अनुपस्थित रहने जानकारी गराए ।’
राष्ट्रिय टोलीको व्यस्त खेल तालिकाका कारण उनले आईपीएल नखेल्ने निर्णय लिएको समाचारमा जनाइएको छ । ३३औँ वर्ष प्रवेशको संघारमा रहेका इङ्गल्यान्डका यी प्रभावशाली ब्याट्सम्यानले देशका लागि टी—२० क्रिकेटमा ३२ खेल खेल्दै आठ सय ९३ रन बनाएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १८ हजार पाँच सयभन्दा बढी रन बनाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा सेज चलायमान बन्दै, उत्पादन र निर्यात बढ्दो
-
‘मितज्यू’ मा स्मिता अनुबन्धित
-
ललितपुरको एकान्तकुनामा खुल्यो इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’
-
नेपाल राष्ट्र बैङ्कद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस
-
सशस्त्रद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता
-
भारत–पाकिस्तान तनावको प्रभावबारे छलफल गर्न सुरक्षा समिति बैठक