बेन स्टोक्सपछि आईपीएल नखेल्ने जो रुटको निर्णय
काठमाडौँ । इङ्गल्यान्डका प्रभावशाली अलराउन्डर जो रुटले इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण नखेल्ने निर्णय गरेका छन् । आगामी आईपीएल नखेल्ने निर्णय गर्ने रुट इङ्गल्यान्डका दोस्रो प्रभावशाली खेलाडी हुन् ।
यसअघि अर्का अनुभवी अलराउन्डर बेन स्टोक्सले आगामी आईपीएल नखेल्ने निर्णय लिएका थिए । यसअघि उनले राजस्थान रोयल्सबाट आईपीएल खेलेका थिए । राजस्थान रोयल्स पनि रुटले आगामी आईपीएल नखेल्ने समाचारको पुष्टि गरेको छ ।
‘हामी रुटको निणर्यको सम्मान गर्छौं,’ राजस्थान रोयल्सका क्रिकेट निर्देशक कुमार सांगाकाराले भनेको छन्, ‘उनलाई आगामी आईपीएलका लागि टोलीमा समावेश गर्न हामीले सम्पर्क गरेका थियौँ । तर, उनले आफू आगामी आईपीएलमा अनुपस्थित रहने जानकारी गराए ।’
राष्ट्रिय टोलीको व्यस्त खेल तालिकाका कारण उनले आईपीएल नखेल्ने निर्णय लिएको समाचारमा जनाइएको छ । ३३औँ वर्ष प्रवेशको संघारमा रहेका इङ्गल्यान्डका यी प्रभावशाली ब्याट्सम्यानले देशका लागि टी—२० क्रिकेटमा ३२ खेल खेल्दै आठ सय ९३ रन बनाएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १८ हजार पाँच सयभन्दा बढी रन बनाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण