गोविन्द केसीले मागे स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा
काठमाडौँ । अभियन्ता डा.गोविन्द केसीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको बर्खास्तीको माग गरेका छन् । आज एक विज्ञप्ति जारी गरी डा.केसीले मन्त्री बस्नेतको बर्खास्तीको माग गरेका हुन् ।
डा.केसीले बस्नेतले स्वास्थ्य मन्त्रालय सम्हाले देखिनै माफियाको पक्षमा लबिङ गरिरहेको आरोप लगाएका छन् । ‘माफियाहरूका नाइके स्वास्थ्य मन्त्री बस्नेत पदमा रही रहनु लोकतान्त्रिक मूल्य मान्यताको बर्खिलाप हो’ केसीले विज्ञप्तिमा भनेका छन् ।
‘स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसँग स्वास्थ्य सम्बन्धी न ज्ञान छ न अनुभव । न उनी जान्ने प्रयास नै गर्छन् । ठुला मुखे गैर जिम्मेवार, भ्रष्ट र गँवार व्यक्तिलाई स्वास्थ्य मन्त्री बनाएर प्रचण्ड र देउवा, स्वास्थ्य मन्त्रालय जस्तो संवेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गर्दै छन्, यो राजनीतिक तथा सामाजिक अपराध हो’ डा.केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मन्त्री बस्नेतसँग स्वास्थ्यसँग सम्बन्धित ज्ञान र अनुभव नै नभएको बताउँदै उनले त्यो क्षेत्रका बारेमा जान्ने प्रयास समेत नगरेको बताएका छन् । स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूले पेट काटेर तिरेको करबाट तलब–भत्ता खाने र सुविधा उपभोग गर्ने स्वास्थ्य मन्त्रीले उनीहरूको भोको पेटमा लात्ती हानी रहेको केसीको आरोप छ ।
विज्ञप्तिमा २०८० सम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठानको निर्माण गरी सञ्चालनमा ल्याइसक्नुपर्ने काम रोकिएको आरोप समेत लगाइएको छ । सरकारी प्रादेशिक अस्पतालहरूमा नर्सिङ लगायतका कार्यक्रमहरू सञ्चालन गर्न मापदण्ड पूरा भए पनि मन्त्री र माफियाहरूलाई फाइदा नभएकाले वास्ता नगरेको डा.केसीको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण