बेनीबाट बेपत्ता भएकी युवतीको शव २१ दिनपछि भेटियो

म्याग्दी । म्याग्दीको बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको पर्वतको मल्लाजस्थित भीरमा आज शव भेटिएको छ । गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी मङ्गला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटाको शव पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी र भीरमुनी सामुदायिक वन क्षेत्रमा भेटिएको हो ।
म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार आज बिहान भेटिएको शव पुष्पाको भएको पुष्टि भएको र परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ । शव सडेको अवस्थामा भेटिएको थियो । बेनीको कालीपुल पारी रहेको सो जङ्गलको भूगोल पर्वतमा पर्छ ।
घटनाको बारेमा पर्वत प्रहरीले अनुसन्धान थालेको छ । बेनीको अस्पताल चोकमा रहेको पाण्डे मेडिकल हलमा कार्यरत सापकोटा कात्तिक २१ गते बिहान पौने ११ बजे त्यहाँबाट निस्किएकी थिइन् । उनको मोबाइलको ‘लोकेशन’ क्याम्पस चोकको टावर रेञ्जमा देखाएको थियो ।
पुष्पाको मृत्युको विषयलाई शङ्कास्पद रुपमा हेरिएको छ । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । घटनास्थल पर्वतमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट नै टोली खटिएर अनुसन्धान गर्ने र पोष्टमार्टम गरेपछि शव परिवारको जिम्मा लगाउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?