रामोशलाई कीर्तिमानी २९ औँ रातो कार्ड
सोमबार, ११ मङ्सिर २०८०, ०६ : ०४
मड्रिड । सर्जियो रामोशले करियरको २९ औँ रातो कार्ड पाउँद सेभिया रियल सोसिडाडसँग १–२ गोलले पराजित भएको छ ।
रियल मड्रिडका पूर्व खेलाडीले ८८ औँ मिनेटमा ब्राइस मेन्डेजमाथि फल हानेपछि उक्त कार्ड पाएका हुन् । यसअघि उनलाई दोस्रो पहेँलो कार्ड देखाए पनि त्यसलाई सिधा रेड कार्डमा परिणत गरिएको थियो ।
योसँगै ३७ वर्षीय खेलाडीले ला लिगामा सबैभन्दा २१ पटक रातो कार्ड पाएका छन् । २१ औँ शताब्दीमा उनीभन्दा कुनै पनि खेलाडीले धेरै रातो कार्ड पाएका छैनन् । उनीपछि राफायल मार्क्वेजले २१ र फिलिपे मेलोले २० पटक रातो कार्ड पाएका छन् ।
उता सेभियाका ३८ वर्षीय विंगर जिसस नाभासले यस विरोध गर्दा आफ्नो करियरको पहिलो रातो कार्ड पाए । पराजयपछि सेभिया मात्र १२ अङ्क बटुल्दै लिगको १५ औँ स्थानमा सीमित बनेको छ । सोसिडाड भने २५ अङ्कसहित लिगको पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण