भारतमा बढ्दैछ डिपफेकको दुरुपयोग, अर्की नायिका पनि पीडित

नयाँ दिल्ली । पछिल्ला केही दिनयता डिपफेकको चर्चा निकै सुन्नमा आइरहेको छ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको नक्कली भिडियोले सामाजिक सञ्जालमा तहल्का पिटेको केही दिनमै कट्रिना कैफ र काजोलको पनि डिपफेक भिडियो भाइरल बन्यो ।
यो प्रविधिको गलत प्रयोगबारे चौतर्फी चिन्ता बढिरहेको छ । धेरैले यसको दुरुपयोगलाई कडाई गर्न आवश्यक नियम कानून ल्याउन माग गरिहेका छन् । यसैबीच बलिउड अभिनेत्री अआलिया भट्ट पनि यसको शिकार भएकी छिन् ।
आलियाको डिपफेक भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक भाइरल बनिरहेको छ ।
भिडियोमा निलो रंगको फ्लोरल को–अड सेट लगाएकी एउटी केटीले कोठातर्फ अश्लिल इशारा गरेर देखाएको देखिन्छ । नियालेर हेर्ने हो भने भिडियोमा भएकी केटी आलिया भट्ट होइनन् । अभिनेत्रीको अनुहारलाई अरु कसैको शरीरमा जोडेको देखिन्छ ।
डिपफेकको दुरुपयोगको चपेटामा रश्मिका, कट्रिना र काजोलबाहेक पनि सचिन तेन्दुलकरकी छोरी सारा र भारतीय अर्बपति व्यापारी रतन टाटा जस्ता हस्तीहरु पनि आएका थिए । एआई र डिपफेकको दुरुपयोग अहिले सबैका लागि डरलाग्दो चिन्ता बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा एमालेको छलफल
-
फेवातालबाट ३ जना इजरायली पर्यटकको उद्दार
-
मर्मतपछि कुलेखानी तेस्रोबाट पुनः विद्युत् उत्पादन सुरू
-
मोदीको चेतावनी : हामीले १ सयभन्दा बढी आतंककारी मार्यौँ, पाकिस्तानको मनोवृत्ति हेरेर थप कारबाही गर्छौँ
-
वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध
-
अमेरिकाकाे चेतावनी : युद्ध नरोके व्यापारमा सघाउँदैनौँ