भारतमा बढ्दैछ डिपफेकको दुरुपयोग, अर्की नायिका पनि पीडित
नयाँ दिल्ली । पछिल्ला केही दिनयता डिपफेकको चर्चा निकै सुन्नमा आइरहेको छ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको नक्कली भिडियोले सामाजिक सञ्जालमा तहल्का पिटेको केही दिनमै कट्रिना कैफ र काजोलको पनि डिपफेक भिडियो भाइरल बन्यो ।
यो प्रविधिको गलत प्रयोगबारे चौतर्फी चिन्ता बढिरहेको छ । धेरैले यसको दुरुपयोगलाई कडाई गर्न आवश्यक नियम कानून ल्याउन माग गरिहेका छन् । यसैबीच बलिउड अभिनेत्री अआलिया भट्ट पनि यसको शिकार भएकी छिन् ।
आलियाको डिपफेक भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक भाइरल बनिरहेको छ ।
भिडियोमा निलो रंगको फ्लोरल को–अड सेट लगाएकी एउटी केटीले कोठातर्फ अश्लिल इशारा गरेर देखाएको देखिन्छ । नियालेर हेर्ने हो भने भिडियोमा भएकी केटी आलिया भट्ट होइनन् । अभिनेत्रीको अनुहारलाई अरु कसैको शरीरमा जोडेको देखिन्छ ।
डिपफेकको दुरुपयोगको चपेटामा रश्मिका, कट्रिना र काजोलबाहेक पनि सचिन तेन्दुलकरकी छोरी सारा र भारतीय अर्बपति व्यापारी रतन टाटा जस्ता हस्तीहरु पनि आएका थिए । एआई र डिपफेकको दुरुपयोग अहिले सबैका लागि डरलाग्दो चिन्ता बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण