चेकिङका क्रममा भारतीय नागरिकसँग स्रोत नखुलेको लाखौँ रुपैयाँ भेटियो
सोमबार, ११ मङ्सिर २०८०, १३ : ११
काठमाडौँ । स्रोत नखुलेको लाखौँ रकमसहित प्रहरीले एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रुपैयाँसहित सतुङ्गल डेरा गरी बस्ने हामित खानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
भारत मोतिहारी घर भएका २२ वर्षीय खानलाई प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र०२-१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त रकमसहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९१ वर्षीय अर्जेन्टिनी पत्रकार, जसले लगातार १८औँ विश्वकपको रिपोर्टिङ गरिरहेका छन्
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण