घर बनाउने योजनामा रहेकालाई ‘शिवमकाे सन्देश’
काठमाडौँ । घर बनाउने योजनामा रहेकाहरुलाई शिवम् सिमेन्टले सन्देश ल्याएको छ । घर बनाउने योजनामा रहेका सेवाग्राहीलाई लक्षित गर्दै शिवमले विशेषज्ञ र प्राविधिकको सल्लाहसहितको सन्देश ल्याएको हो ।
कम्पनी एनएस क्वालिटी अवार्ड २०१९ बाट पुरस्कृत भइसकेको छ । ‘शिवम सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौँ टिक्ने घर निर्माणका लागि जनचेतनामुलक सन्देशहरुको संग्रह भएको जनाइएको छ । सन्देशमा घर निर्माण पूर्व निर्माणका योजनाहरु, बनाउनुअघि र बनाइसकेपछि दिनुपर्ने ध्यान लगायतका जानकारी समेटिएका छन् ।
घर बनाउने जग्गाको छनोटको विषयमा पनि सन्देशमा उल्लेख गरिएको छ । यस्तै, गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण गर्ने तरिका समेत सन्देशमा छ । यसबाहेक घर बनाउने उपयुक्त मौसमको विषयमा समेत सन्देशमा समेटिएको छ । भूकम्प र बाढी जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर बनाउने तरिका, इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व समेत सन्देशमा समेटिएको छ ।
साथै घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरु ‘शिवम सन्देश’ मा समेटिएको बताइएको छ । साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरु पनि सन्देशमा समेटिएको छ ।
सन् २००९ मा हेटौँडामा स्थापित शिवम् सिमेन्ट उधोगले स्थानीय गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण