शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लालझाडीका इन्जिनियर अवस्थी निर्माण व्यवसायीबाट कुटिए

सोमबार, ११ मङ्सिर २०८०, १८ : ३७
सोमबार, ११ मङ्सिर २०८०

धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिकामा कार्यरत एक जना इन्जिनियर निर्माण व्यवसायीबाट कुटिएका छन् ।

गाउँपालिकाका इन्जिनियर रामप्रसाद अवस्थी सोमबार कुटिएका हुन् । उनलाई कन्दकला कस्ष्ट्रक्सन प्रालिका सञ्चालक समेत रहेका निर्माण व्यवसायी भीम बहादुर रानाले कुटेको प्रहरीले जनाएको छ ।  

रानाको कम्पनीले गत वर्ष ०७९/०८० मा कञ्ज गाउँमा १ किलोमिटर कालोपत्रे गर्ने ठेक्का पाएको थियो । इन्जिनियर अवस्थीले सो ठेक्कामा गुणस्तरको विषयलाई लिएर प्रश्न गर्दा आफूलाई फिल्डमै बोलाएर निर्माण व्यवसायी रानाले कुटपिट गरेको बताए ।

उनले भने, ‘मलाई आज दिउँसोतिर सडक निर्माण स्थलमै बोलाएर निर्माण व्यवसायी भीम रानाले कुटपिट गरे । मैले सडक गुणस्तरको विषय उठान गर्दा कुटपिट गरे ।’

उता निर्माण व्यवसायी रानाले कुटपिट नगरेको जिकिर गरेका छन् । रानाले योजनाको सुरुवाती कामदेखि इन्जिनियर अवस्थीले आफूलाई दुःख दिएको सो विषयमा छलफलका क्रममा धकेलाधकेल भएको सुनाए ।

यसैबीच गाउँपालिकामा कार्यरत कर्मचारीले एक विज्ञप्ति जारी गर्दै घटनाको  विरोध जनाएका छन् ।

निर्माणको काममा मनोमानी गर्ने र अनुगमनको क्रममा कमजोरी देखाउँदा भौतिक आक्रमण गर्ने कार्यले असुरक्षित बनाएको उल्लेख गर्दै निर्माण व्यवसायी रानालाई कडा कारबाहीको माग गरिएको छ । घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही नभएसम्म कार्यालय तथा कार्यालय अन्तरगतको सबै वडा कार्यालयको कामकाज ठप्प पार्ने समेत विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । 

यसैबीच लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले घटनाबारे दुवै पक्षलाई एकै ठाउँमा राखेर बुझ्ने बताएका छन् ।

k

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप