लालझाडीका इन्जिनियर अवस्थी निर्माण व्यवसायीबाट कुटिए
धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिकामा कार्यरत एक जना इन्जिनियर निर्माण व्यवसायीबाट कुटिएका छन् ।
गाउँपालिकाका इन्जिनियर रामप्रसाद अवस्थी सोमबार कुटिएका हुन् । उनलाई कन्दकला कस्ष्ट्रक्सन प्रालिका सञ्चालक समेत रहेका निर्माण व्यवसायी भीम बहादुर रानाले कुटेको प्रहरीले जनाएको छ ।
रानाको कम्पनीले गत वर्ष ०७९/०८० मा कञ्ज गाउँमा १ किलोमिटर कालोपत्रे गर्ने ठेक्का पाएको थियो । इन्जिनियर अवस्थीले सो ठेक्कामा गुणस्तरको विषयलाई लिएर प्रश्न गर्दा आफूलाई फिल्डमै बोलाएर निर्माण व्यवसायी रानाले कुटपिट गरेको बताए ।
उनले भने, ‘मलाई आज दिउँसोतिर सडक निर्माण स्थलमै बोलाएर निर्माण व्यवसायी भीम रानाले कुटपिट गरे । मैले सडक गुणस्तरको विषय उठान गर्दा कुटपिट गरे ।’
उता निर्माण व्यवसायी रानाले कुटपिट नगरेको जिकिर गरेका छन् । रानाले योजनाको सुरुवाती कामदेखि इन्जिनियर अवस्थीले आफूलाई दुःख दिएको सो विषयमा छलफलका क्रममा धकेलाधकेल भएको सुनाए ।
यसैबीच गाउँपालिकामा कार्यरत कर्मचारीले एक विज्ञप्ति जारी गर्दै घटनाको विरोध जनाएका छन् ।
निर्माणको काममा मनोमानी गर्ने र अनुगमनको क्रममा कमजोरी देखाउँदा भौतिक आक्रमण गर्ने कार्यले असुरक्षित बनाएको उल्लेख गर्दै निर्माण व्यवसायी रानालाई कडा कारबाहीको माग गरिएको छ । घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही नभएसम्म कार्यालय तथा कार्यालय अन्तरगतको सबै वडा कार्यालयको कामकाज ठप्प पार्ने समेत विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
यसैबीच लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले घटनाबारे दुवै पक्षलाई एकै ठाउँमा राखेर बुझ्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण