भेरो भोटिङ विवाद : आईटी अडिटका लागि विशेष समिति गठन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को हालै सम्पन्न निर्वाचनमा भेरो कम्पनीमार्फत भएको अनलाइन भोटिङको विस्तृत आइटी अडिट गरिने भएको छ । असन्तुष्ट पक्षले मागबमोजिम नाम नपठाएपनि संस्थापन पक्षले आईटी अडिट गर्ने भन्दै अन्तर्रािष्ट्रय कम्पनीको छनोट तथा समन्वय गर्न एकपक्षीय ढंगले ११ सदस्यीय विशेष समिति गठन गर्ने निर्णय गरेको हो ।
‘गत अक्टोबर २०२३ मा सम्पन्न निर्वाचनको प्राविधिक पाटो लगायत अनलाइन भोटिङको विस्तृत आइटी अडिट गर्ने र त्यसको लागि अन्तर्रािष्ट्रय कम्पनीको छनोट तथा समन्वय गर्न ११ सदस्यीय विशेष समिति गठन गर्ने निर्णय भएको छ’, ९४ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकपछि प्रवक्ता फणीन्द्र पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त समितिले अडिटका लागि छनोट गरिने कम्पनीले गर्नुपर्ने कामको टर्म्स एण्ड कन्डिसन तयार गर्ने उनको भनाइ छ । उक्त समितिमा उपाध्यक्षहरु डा हेमराज शर्मा , राज रेग्मी , रोजिना प्रधान राई, महासचिव गौरी राज जोशी, उपमहासचिव सोम सापकोटासहित ६ वटा क्षेत्रका क्षेत्रीय संयोजकहरु रहेका छन् ।
संस्थामा विभिन्न पदमा निर्वाचित तथा मनोनित भई सपथ लिन बाँकी सदस्यहरुको शपथ ग्रहण पनि उक्त बैठकमा सम्पन्न भएको बताइएको छ ।
यस्तै जाजरकोट भूकम्प पीडितको नाममा रु १ करोड ३० लाख राहत संकलन भएको जनाइएको छ । जसमध्ये १० लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ भने करिब रु ५३ लाख राहत सामग्री बाँडिएको जानकारी बैठकमार्फत गराइएको छ ।
यस्तै गैरआवासीय नेपाली नागरिकता सम्बन्धी जानकारी दिन हेल्प डेस्क स्थापना गर्ने निर्णय भएको छ भने संगठन विस्तारका लागि ३६ वटा समिति पनि गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण