काशीमा भव्य दीपावली
वाराणसी । काशीमा भव्य रुपमा देव दिपावली मनाइएको छ । सो अवसरमा सोमबार साँझ २१ लाख दीप प्रज्वलन गरिएको छ भने विभिन्न स्थानमा भव्य रुपमा रंगोली बनाइएका दृष्यहरु देखिएका छन् ।
भारतीय सञ्चारमाध्यामहरुका अनुसार ८० वटाभन्दा बढी घाट र गंगा नदीको किनारमा अवस्थित बालुवामा समेत दीप प्रज्वलन गरिएको छ । अयोध्यामा निर्माण भइरहेको श्रीराम मन्दिरमा पनि ११ हजार बत्तीहरू प्रज्वलन गरिएका छन् । साँझ दशाश्वमेध घाटमा पनि भव्य गंगा आरती भएको छ ।

दीपावलीसँगै लाइटिङ शोमा भगवान शिवको उग्र रुप देखाइएको छ । जसका कारण आकाश समेत रंगीन देखिएको थियो ।
दशाश्वमेध सहित गंगाका ८० घाटमा भक्तजनको घुइँचो लागेको छ । नमो घाटदेखि सन्त रविदास घाटसम्मको करिब ९ किलोमिटरसम्म गंगामा डुङ्गा मात्रै देखिन्छन् ।
वाराणसीका घाट र मन्दिरलाई भव्य रुपमा फूलले सजाइएको छ । देव दीपावलीमा १० औं लाख पर्यटक र भक्त वाराणसी पुगेका सञ्चारमाध्यामहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण