सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

काशीमा भव्य दीपावली

सोमबार, ११ मङ्सिर २०८०, २१ : ४२
सोमबार, ११ मङ्सिर २०८०

वाराणसी । काशीमा भव्य रुपमा देव दिपावली मनाइएको छ । सो अवसरमा सोमबार साँझ २१ लाख दीप प्रज्वलन गरिएको छ भने विभिन्न स्थानमा भव्य रुपमा रंगोली बनाइएका दृष्यहरु देखिएका छन् ।

भारतीय सञ्चारमाध्यामहरुका अनुसार ८० वटाभन्दा बढी घाट र गंगा नदीको किनारमा अवस्थित बालुवामा समेत दीप प्रज्वलन गरिएको छ । अयोध्यामा निर्माण भइरहेको श्रीराम मन्दिरमा पनि ११ हजार बत्तीहरू प्रज्वलन गरिएका छन् । साँझ  दशाश्वमेध घाटमा पनि भव्य गंगा आरती भएको छ ।

F_8qwCrboAAnb1q

दीपावलीसँगै लाइटिङ शोमा भगवान शिवको उग्र रुप देखाइएको छ । जसका कारण आकाश समेत रंगीन देखिएको थियो । 

दशाश्वमेध सहित गंगाका ८० घाटमा भक्तजनको घुइँचो लागेको छ  ।  नमो घाटदेखि सन्त रविदास घाटसम्मको करिब ९ किलोमिटरसम्म गंगामा डुङ्गा मात्रै देखिन्छन् ।

वाराणसीका घाट र मन्दिरलाई भव्य रुपमा फूलले सजाइएको छ ।   देव दीपावलीमा १० औं लाख पर्यटक र भक्त वाराणसी पुगेका सञ्चारमाध्यामहरुले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप