नेशनल लाइफ इनस्योरेन्स र काठमाडौँ इन्स्टिच्युट अफ चाईल्ड हेल्थबिच सहयोग सम्झौता
काठमाडौँ । नेशनल लाइफ इनस्योरेन्स कम्पनी र काठमाडौँ इन्स्टिच्युट अफ चाईल्ड हेल्थबिच एक सम्झौता भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफामूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाइफ इन्स्योरेन्सले ३ वर्ष सम्म प्रतिवर्ष रु.२५ लाखका दरले वित्तीय सहयोग उपलब्ध गराउने भएको छ । कम्पनीको तर्फबाट कार्यकारी प्रमुख सुरेश प्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा.डा. भगवान् कोइरालाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख खत्रीले पहिलो किस्ताको रकम रु २५ लाखको चेक पनि सो संस्थालाई हस्तान्तरण गरेर । समारोहमा डा. कोइरालाले नेपालका सबै बालबालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पु¥याउने उद्देश्यले परियोजना संचालन गर्न लागिएको र क्रमिक रूपमा देशको अन्य स्थानहरुमा समेत वाल स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको बताए । यस परियोजनाका लागि वित्तीय सहयोग उपलब्ध गराएकोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई उनले धन्यवाद ज्ञापन गरे ।
यसैगरी कम्पनीको तर्फबाट कार्यकारी प्रमुख खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशील भई विगतदेखि नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रहरूमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको संस्मरण गर्दै काठमाडौँ इन्स्टिच्युट अफ चाईल्ड हेल्थबाट निर्माणाधीन वाल अस्पतालको परियोजनामा योगदान पुर्याउन पाएकोमा खुसी व्यक्त गरे । अस्पताल सञ्चालन पछि नेपालका बालबालिकाहरुले सहज रूपमा थप उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गर्नेमा विश्वस्त रहेको पनि उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
-
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार
-
जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
-
प्राकृतिक विपद्मा परेर ४६२ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण