धूम्रपानमाथिको प्रतिबन्ध उल्ट्याउँदै छ न्यूजिल्यान्ड
न्यूजिल्यान्डको नयाँ सरकारले धूम्रपानमाथि अघिल्लो सरकारले लगाएको प्रतिबन्ध उल्ट्याउने भएको छ । मध्यम र उच्च आय भएकाहरूको कर कटौती गर्ने योजनालाई चाहिने ।कमको जोहो गर्न सरकारले चुरोटमा लगाएको प्रतिबन्ध फुकाउन लागेको हो ।
यो कदमले धूम्रपान विरोधी विश्वव्यापी अभियानमा ठुलो झट्का लागेको छ । न्यूजिल्यान्डकै कदम हेरेर बेलायत आफ्नो देशमा पनि युवा पुस्तामाझ यस्तै प्रतिबन्धको घोषणा गरेका थिए । विश्वभर पछिल्लो समय युवा पुस्तालाई धूम्रपानको लत लाग्न नदिन अनेकौँ पहलहरू भइरहेका थिए ।
सन् २०२२ मा ज्याकिन्डा आर्देन नेतृत्वको तत्कालीन सरकारले सन् २००८ पछि जन्मिएका युवा पुस्ताहरूले चुरोट किन्न नपाउने कानुन पारित गरेको थियो । बर्सेनि धूम्रपानका कारण हुने हजारौँ मृत्युलाई रोक्न र ध्रूमपानका कारण लाग्ने रोगले गर्दा स्वास्थ्य प्रणालीमा पर्ने अर्बौँ डलरको भार कम गर्न युवा पुस्तामा चुरोटको विक्रीमा पूरै बन्देज लगाउन यसले मद्दत गर्ने आशा गरिएको थियो ।
सो कानुनमा चुरोट र सुर्तीजन्य वस्तु बेच्न पाउने खुद्रा विक्रेताको सङ्ख्यामा सीमा तोक्ने र चुरोटमा निकोटिनको मात्रा घटाउन जस्ता प्रस्ताव पनि थिए । तर अचानक वर्तमान सरकारको युटर्नको स्वास्थ्य विज्ञहरूले घोर विरोध गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण