सुजुकी र महिन्द्रा एण्ड महिन्द्राका कार जनवरीदेखि झनै महँगो हुने
नयाँ दिल्ली । कार निर्माता कम्पनी मारुती सुजुकी, महिन्द्रा एण्ड महिन्द्रा र अडीले जनवरीदेखि आफ्ना कारको मूल्य बढाउने भएका छन् । यी कम्पनीहरूले यो निर्णयको कारण मुद्रास्फीति र वस्तुको मूल्यमा भएको वृद्धिलाई औंल्याएका छन्।
यसबाहेक टाटा मोटर्स र मर्सिडीज बेन्जले पनि आगामी जनवरीदेखि भारतमा आफ्ना कारको मूल्य बढाउने विचार गरिरहेका छन् । मारुती सुजुकी भारतको सबैभन्दा ठुलो कार निर्माता कम्पनी हो। यसले प्रवेश स्तरको सानो कार अल्टोदेखि बहुउपयोगी कार इन्भिक्टोसम्म सबै उत्पादन गर्दछ। सोमबार मारुती सुजुकीले आफ्नो निर्णयको घोषणा गर्दै जनवरीदेखि कम्पनीका हरेक मोडलको मूल्य बढाउने जानकारी दियो ।
पीटीआईसँग कुरा गर्दै मारुती सुजुकी इन्डियाका वरिष्ठ कार्यकारी अधिकृत शशांक श्रीवास्तवले केही मोडेलको मूल्यमा ‘ठुलै वृद्धि’ हुने बताए। ‘वस्तुको अस्थिरतासहित चारैतिर मुद्रास्फीतिको दबाब छ । त्यसैले हामीले जनवरीमा मूल्य बढाउने निर्णय गरेका छौँ,’ उनले भने।
महिन्द्रा एण्ड महिन्द्राका सीईओ (अटोमोटिभ डिभिजन) नलिनीकान्त गोलागुन्टाले पनि मुद्रास्फीति र वस्तुको मूल्यलाई ध्यानमा राख्दै जनवरी २०२४ देखि लागू हुने गरी कारको मूल्य बढाउने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण