धनुषाको धनौजी गाउँपालिकामा महिलाको शव फेला
मङ्गलबार, १२ मङ्सिर २०८०, १५ : ०६
धनुषा । धनुषाको धनौजी गाउँपालिका वडानम्बर–४ मा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख मित्रबन्धु शर्माका अनुसार परालले छोपेर राखेको अवस्थामा शव फेला परेको हो ।
स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको धनुषा प्रहरीले जनाएको छ । ‘शवको पहिचान हुन सकेको छैन । घटनास्थल वरपर कोही मानिस हराएको पनि सूचना छैन’, एसपी शर्माले भने, ‘पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भएको छ ।’
प्रहरीका अनुसार कसैले हत्या गरेर शव राखेको हुनसक्ने छ । ७० प्रतिशत शव सडेकाले सहजै चिन्न सक्ने अवस्था छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण