वैकल्पिक इन्धनबाट सञ्चालित विमानद्वारा पहिलो पटक लन्डनबाट न्यूयोर्क उडान
लन्डन । वैकल्पिक इन्धनबाट सञ्चालित एउटा ठुलो यात्रुवाहक विमानले आज पहिलो पटक लन्डनबाट उडान भर्दैछ । भर्जिन एटलान्टिकद्वारा सञ्चालित यो विमान लन्डनको हिथ्रो विमानस्थलबाट न्यूयोर्कको जेएफके एअरपोर्टका लागि स्थानीय समयअनुसार ११:३० बजे उड्ने तय भएको छ । उक्त विमानको लागि सरकारको समेत सहयोग उपलब्ध छ । लामो परीक्षण र विश्लेषणपछि बेलायतको नियामक निकाय सिभिल एभिएसन अथोरिटीले यसै महिना अनुमोदन गरेपछि उक्त विमानले उडानको लागि अनुमति पाएको हो । यसमा इन्जिन निर्माता कम्पनी रोल्स रोयस र इनर्जी कम्पनी बीपीलगायतका कम्पनीको सहकारी रहेको छ ।
घरेलु फोहोर र खाना पकाउने तेलसहितका विभिन्न स्रोतबाट निर्माण गरिएको वैकल्पिक इन्धनले झन्डै ७० प्रतिशतसम्म कार्बन उत्सर्जन कम गर्ने बताइएको छ ।
यस उडानका लागि बोइङ ७८७ मा ५० टन दिगो उड्डयन इन्धन (एसएएफ) भरिनेछ । उड्डयन इन्धन (एसएएफ) निर्माणको लागि ८८ प्रतिशत फोहोर तैलीय पदार्थ र बाँकी अमेरिकामा उत्पादित मकैबाट निस्किएको फोहोरको प्रयोग गरिनेछ ।
पहिलो पटक वैकल्पिक इन्धनबाट सञ्चालन गरिएको यस उडानले जीवाश्मबाट प्राप्त हुने इन्धनलाई प्रतिस्थापन गर्ने प्रबल सम्भावना रहेको भर्जिन एटलान्टिकका प्रमुख कार्यकारी शाई वेइसले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण