आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
खेलकुद

फुटबल सङ्घको अव्यावहारिक नीतिले कसरी धराशायी भयो उत्कर्षमा पुगेको चिनियाँँ व्यावसायिक लिग ?

गारेथ बेललाई भित्र्याउने क्लबले खेलाडी बोक्ने बससम्म लिलामीमा राख्नुपर्‍यो
बुधबार, १३ मङ्सिर २०८०, ०६ : ५४
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । प्रसङ्ग हो सन् २०१६ ताकाको । आफ्नो उत्कृष्ट प्रदर्शनका कारण ब्राजिलियन फुटबलर हल्क चर्चाको शिखरमा थिए । यो त्यही समय थियो जतिबेला चिनियाँँ राष्ट्रपति सी चिनफिङले एउटा महत्त्वाकाङ्क्षी सपना देखेका थिए । 

आफ्ना राष्ट्र प्रमुखले देखेको ‘चीनलाई विश्व फुटबलमा शक्ति राष्ट्रका रूपमा स्थापित गराउने’ त्यही महत्त्वाकाङ्क्षी सपनालाई साकार बनाउन ‘चिनियाँँ सुपर लिग’ पनि योजनाबद्ध तरिकाले अगाडि बढ्न थालिसकेको थियो ।

खासमा राष्ट्रपति सी चिनफिङले त्यसअघि सन् २०११ मै शक्तिशाली फुटबल राष्ट्रका रूपमा चीनको नयाँ परिचय स्थापित गराउने सपना देखेको सङ्केत दिइसकेका थिए । त्यतिबेला राष्ट्रपति सी चिनफिङले चीनले विश्वकप फुटबल खेलेको र विश्वकप आयोजना गरेको हेर्न आफू आतुर रहेको बताएका थिए । 

त्यसैको प्रतिफल स्वरूप चिनियाँँ खेलकुद अधिकारीहरूले पनि देशभित्र फुटबल विकासका लागि विभिन्न आक्रामक योजना अगाडि सारे । अनि सुरु भयो विश्वका चर्चित फुटबलरहरूलाई ठूलो धन राशि खर्चिएर ‘चिनियाँँ सुपर लिग’ मा भित्र्याउने कार्यक्रम । 

‘चिनियाँँ सुपर लिग’ को त्यही रणनीति अनुरूप सन् २०१६ को जुनमा त्यतिबेलाका चर्चित ब्राजिलियन स्ट्राइकर जिभानिल्डो भिएरा डा सुसा अर्थात् हल्कले व्यावसायिक फुटबल खेल्न पहिलो पटक चिनियाँँ भूमिमा पाइला टेकेका थिए ।

China

त्यति बेला चीनभित्र जनस्तरमा पनि विस्तारै फुटबल खेलको लोकप्रियता आकासिँदै थियो । त्यसैले २९ वर्षीय हल्कलाई आफ्नो देशभित्र न्यानो स्वागत गर्न हजारौँको सङ्ख्यामा फुटबल समर्थक विमानस्थलमा ओइरिएका थिए । चीनमा हल्कको स्वागत विश्वव्यापी समाचारको विषयसमेत बन्न पुगेको थियो । 

हल्कका लागि चिनियाँँ क्लब ‘साङ्घाई एसआईपीजी’ ले ठूलो धनराशि पनि खर्चिएको थियो । ‘साङ्घाई एसआईपीजी’ ले हल्कलाई चार करोड ६० लाख पाउन्डभन्दा बढी पारिश्रमिक उपलब्ध गराएको थियो । यसका अतिरिक्त यी ब्राजिलियन स्ट्राइकरले क्लबबाट प्रत्येक साता तीन लाख २० हजार पाउन्ड अतिरिक्त रकम प्राप्त गर्थे । 

त्यतिबेला ‘साङ्घाई एसआईपीजी’ का प्रमुख प्रशिक्षकको भूमिकामा पनि विश्व फुटबलमा नाम चलेका व्यक्ति स्भेन गोरान एरिक्सन थिए । यी चर्चित स्विडिस प्रशिक्षकले हल्क मात्र होइन, विश्व फुटबलका अन्य हस्तीलाई पनि चिनियाँँ व्यावसायिक लिगमा भित्र्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

‘साङ्घाई एसआईपीजी’ मा आबद्ध हुनुअघि एरिक्सनले इटालियन क्लब एएस रोमा, फियोरेन्टिना, लाजियो र साम्पडोरिया तथा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र लेस्टर सिटीमा प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका थिए । यसका अतिरिक्त उनले इङ्ल्यान्ड र मेक्सिकोको राष्ट्रिय टोली पनि सम्हालिसकेका थिए । 

त्यसैले प्रशिक्षक एरिक्सन र हल्कको प्रवेशले चिनियाँँ फुटबललाई विश्वव्यापी रूपमा चर्चाको शिखरमा पुर्‍याएको थियो । एरिक्सनले ‘साङ्घाई एसआईपीजी’ पछि अर्को चिनियाँँ क्लब सेन्झेनमा पनि प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । 

आफ्नो समयका प्रभावशाली आक्रामक मिडफिल्डर ओस्करका लागि ‘साङ्घाई पोर्ट’ ले त्यतिबेला ६ करोड पाउन्ड खर्चिएको थियो । यसका अतिरिक्त उनले प्रत्येक साता क्लबबाट चार लाख पाउन्ड पारिश्रमिक प्राप्त गर्थे ।

हल्कले भने सन् २०२० सम्मै ‘साङ्घाई एसआईपीजी’ बाट खेलेका थिए । यस अवधिमा हल्कलाई पछ्याउँदै अन्य थुप्रै विश्व चर्चित खेलाडी पनि निकै ठूलो पारिश्रमिकमा चिनियाँँ व्यावसायिक लिगमा आबद्ध भएका थिए । 

हल्क चीन पुगेको ६ महिनापछि नै अर्का चर्चित खेलाडी ओस्कर पनि चिनियाँँ क्लब ‘साङ्घाई पोर्ट’ मा आबद्ध भएका थिए । रमाइलो पक्ष त के भने ओस्कर प्रभावशाली इङ्लिस क्लब चेल्सी छाडेर व्यावसायिक फुटबल खेल्न ‘साङ्घाई पोर्ट’ मा आबद्ध भएका थिए । 

आफ्नो समयका प्रभावशाली आक्रामक मिडफिल्डर ओस्करका लागि ‘साङ्घाई पोर्ट’ ले त्यतिबेला ६ करोड पाउन्ड खर्चिएको थियो । यसका अतिरिक्त उनले प्रत्येक साता क्लबबाट चार लाख पाउन्ड पारिश्रमिक प्राप्त गर्थे ।

त्यसको केही समयपछि नै चर्चित अर्जेन्टिनी खेलाडी कार्लोस टेभेज पनि व्यावसायिक फुटबल खेल्न चीन पुगेका थिए । चर्चित स्ट्राइकर टेभेज चिनियाँँ क्लब ‘साङ्घाई सिन्ह्वा’ मा आबद्ध भएका थिए । म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, युभेन्ट्स जस्ता चर्चित क्लबबाट खेलिसकेका टेभेजलाई उनको क्लबले गतिलै पारिश्रमिक उपलब्ध गराएको थियो । 

China 3

त्यसपछि त चिनियाँँ व्यावसायिक लिगमा आबद्ध हुने विश्व चर्चित खेलाडीहरूको बाढी नै आएको थियो । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनका एजेक्वेल लाभेज्जी, इङ्लिस क्लब लिभरपुलका एलेक्स टेक्सिरा, कोलम्बियन स्ट्राइकर ज्याक्सन मार्टिनेज त्यसैका उदाहरण थिए ।

यी खेलाडीहरूका लागि चिनियाँँ क्लबले निकै ठूलो धनराशि खर्चिएका थिए । अर्को तरिकाले भन्दा त्यतिबेला चीनले फुटबलमा पैसाको खोलो नै बगाएको थियो । एकपछि अर्का प्रभावशाली खेलाडीहरू चिनियाँँ व्यावसायिक लिगमा आबद्ध हुनेक्रम सुरु भएपछि विश्व फुटबलका लागि चीन लोभलाग्दो बजारका रूपमा चित्रित हुन पुगेको थियो । 

अवस्था कतिसम्म उत्साहप्रद थियो भने विश्वभरका चर्चित क्लबहरू चीनसँग त्रसित हुन थालेका थिए । यसलाई चर्चित इटालियन प्रशिक्षक एन्टोनियो कोन्टे पनि स्विकार्छन् । ‘त्यतिबेला फुटबलमा चीनको आक्रामक लगानीले विश्वभरका चर्चित क्लबहरू त्रसित बनेका थिए । नाम चलेका खेलाडीहरू चिनियाँँ सुपर लिगमा आबद्ध हुन लालयित हुन्थे,’ युभेन्ट्स, चेल्सी, इन्टर मिलान, टोट्टनहम जस्ता प्रभावशाली क्लबमा प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका कोन्टे भन्छन् । 

अर्का प्रभावशाली प्रशिक्षक आर्सने वेंगर पनि कोन्टेको भनाइमा सहमत देखिन्छन् । उनी भन्छन्, ‘त्यतिबेला चीनले फुटबलमा एकाएक लगानी बढाएको थियो । लाग्थ्यो सम्पूर्ण युरोपियन लिग चीनकै वरपर घुमिरहेको छ । त्यो वास्तवमै विश्व फुटबलका लागि रोमाञ्चक समय थियो ।’

तर दुर्भाग्य विश्व फुटबलमा चीनको त्यो आक्रामक लगानी एक दशक पनि टिक्न सकेन । विस्तारै फुटबलमा चीनले गरेको लगानी कम हुँदै गयो । जसरी एक दशकअघि विश्वभरका चर्चित खेलाडीहरू व्यावसायिक फुटबल खेल्न चीन पुगेका थिए, त्यसरी नै एकपछि अर्को गर्दै खेलाडीहरूले चिनियाँँ क्लब छाड्न थाले । 

वास्तवमै विश्व फुटबलकै लागि त्यो निराशाजनक समय थियो । चीनले त्यतिबेला फुटबलमा जुन लगानी गरेको थियो त्यसको झलक अहिले साउदी अरेबियाको व्यावसायिक लिगमा देख्न पाइन्छ । अहिले साउदी अरेबियाले फुटबलमा त्यस्तै आक्रामक लगानी गरिरहेको छ । 

China 2

‘वास्तवमै चिनियाँँ फुटबलका लागि त्यो स्वर्णिम समय थियो । एकपछि अर्को गर्दै विश्वभरका चर्चित खेलाडीहरू चिनियाँँ व्यावसायिक लिग खेल्न आइरहेका थिए । त्यसले निरन्तरता पाएको भए आज चिनियाँँ फुटबलको मुहार नै फरक हुने थियो । दुर्भाग्य, त्यसले निरन्तरता पाउन सकेन,’ आफ्नो समयका चर्चित खेलाडी ज्याक सेली भन्छन् ।

उनले पनि चिनियाँँ व्यावसायिक लिग खेलेका थिए । उनी हङ्कङको क्लबमा आबद्ध थिए । ज्याक सेली आफ्नो समयका प्रभावशाली स्ट्राइकर टोनी सेलीका छोरा थिए । टोनीले लामो समय क्यूपीआरबाट व्यावसायिक फुटबल खेलेका थिए । 

सन् २०१९ सम्म आइपुग्दा त चिनियाँँ व्यावसायिक लिगले निकै ठूलो आकार ग्रहण गरिसकेको थियो । अवस्था कतिसम्म उत्साहजनक थियो भने, रियल म्याड्रिडका प्रभावशाली खेलाडी गारेथ बेलले समेत केही समय चिनियाँँ क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । 

चिनियाँँ क्लब जियाङसु सुनिङले वेल्सका यी प्रभावशाली खेलाडीका लागि एक साताको १० लाख पाउन्डसम्म रकम खर्चिएको थियो । तर त्यसको दुई वर्षपछि नै गारेथ बेल आबद्ध भएको क्लब जियाङ्सु सुनिङको ओरालो लाग्नेक्रम सुरु भयो । 

यसका लागि फुटबल क्लबहरूले निकै पहल गरे । तर उनीहरूको केही लागेन । अन्ततः खासै फाइदा नदेखेपछि ठूला व्यापारिक घरानाहरू फुटबलमा लगानी गर्नबाट पन्छिन थाले । यसका अतिरिक्त त्यहाँको कर नीति पनि चिनियाँ फुटबलको ढाड सेक्ने अर्को कारण बन्नपुग्यो । 

आर्थिक अवस्था दयनीय बन्दै गएपछि एकपछि अर्का चर्चित खेलाडीले क्लब छाड्न थाले । अवस्था कतिसम्म निराशाजनक बन्न पुग्यो भने एकताकाको जल्दोबल्दो क्लब जियाङसु सुनिङले आफ्नो अस्तित्व जोगाइराख्न खेलाडी बोक्ने बसहरू नै लिलामीमा राख्नुपर्ने भयो । 

चिनियाँ फुटबलमा आखिर यस्तो निराशाजनक समय किन आयो त ? यसको सबैभन्दा ठूलो कारण थियो, चिनियाँ फुटबल सङ्घको अव्यावहारिक नीति । एकातिर चिनियाँ क्लबहरूले विश्वभरबाट खेलाडी भित्र्याउन निकै ठूलो रकम खर्चिरहेका थिए अर्कोतिर क्लबहरूका लागि भने प्रायोजक भित्र्याउन निकै समस्या परिरहेको थियो ।

किनभने प्रायोजकहरू फुटबलमा ठूलो रकम लगानी गरेबापत क्लबको नाममा आफ्नो व्यावसायिक संस्थाको नाम पनि जोड्न चाहन्थे । तर चिनियाँ फुटबल सङ्घले भने क्लबहरूको नाममा व्यावसायिक संस्थाको नाम जोड्न रोक लगाएको थियो । 

यसका लागि फुटबल क्लबहरूले निकै पहल गरे । तर उनीहरूको केही लागेन । अन्ततः खासै फाइदा नदेखेपछि ठूला व्यापारिक घरानाहरू फुटबलमा लगानी गर्नबाट पन्छिन थाले । यसका अतिरिक्त त्यहाँको कर नीति पनि चिनियाँ फुटबलको ढाड सेक्ने अर्को कारण बन्नपुग्यो । 

China 1

त्यतिबेला चिनियाँ फुटबल सङ्घले चर्को कर नीतिले चीनको राष्ट्रिय फुटबल टोलीको स्तर बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने आशा गरेको थियो । तर अवस्था भने ठीक विपरीत देखियो । कालान्तरमा त्यसले चिनियाँ व्यावसायिक लिगलाई नै धराशायी बनायो । 

यसका अतिरिक्त चीनका केही खेलकुद अधिकारीहरू ठूलो रकम पारिश्रमिक दिएर विदेशी खेलाडी भित्र्याउने नीतिका विरुद्धमा देखिन थालेका थिए । उनीहरू विदेशी खेलाडी भित्र्याउँदा देशको पैसाको दुरुपयोग भइरहेको धारणा राख्थे । उनीहरू त्यो पैसा देशको खेलकुद क्षेत्रको विकासमा खर्चिनुपर्ने धारणा राख्थे । 

उनीहरूको विरोधपछि चिनियाँ फुटबल क्लबहरूले विदेश खेलाडीलाई साताको ५२ हजार पाउन्डभन्दा बढी पारिश्रमिक दिन नपाउने भए । यो नीति लागू भएपछि चर्चित खेलाडीहरू चिनियाँ क्लबबाट बाहिरिनेक्रम सुरु भयो । ठीक त्यही समयमा चिनियाँ घरजग्गा व्यवसाय पनि सङ्कटमा पर्न गयो । 

चर्चित खेलाडीहरूले चिनियाँ क्लब छाड्नेक्रम सुरु भए पनि क्लबका थुप्रै प्राविधिक र प्रशासनिक कर्मचारीले अवस्था फेरि सकारात्मक हुने आशाले लामो समयसम्म तत्काल कुनै पारिश्रमिक नलिरै उधारोमा पनि काम गरेका थिए । तर उनीहरूले सोचेजस्तो अवस्था सामान्य हुने दिन फेरि कहिल्यै आएन । 

त्यसपछि विश्वव्यापी रूपमा सुरु भएको कोरोना भाइरस (कोभिड) को महामारी र त्यसबाट सिर्जित आर्थिक मन्दीले त चिनियाँ व्यावसायिक लिगलाई झनै रसातलमा पुर्‍याउने काम गर्‍यो । कोभिड महामारी नियन्त्रणका लागि चिनियाँ सरकारले निकै कडा कदम चालेको थियो । यस अवधिमा करिब दुई वर्षसम्म चिनियाँ व्यावसायिक लिग पनि बन्द रङ्गशालामा समेटिन पुग्यो । 

त्यसैको प्रतिफल हो चिनियाँ व्यावसायिक लिग जसरी एकाएक फुलेको थियो त्यसरी नै खुम्चिने बाटोमा अग्रसर हुन पुग्यो । क्लबहरूका लागि अवस्था कतिसम्म निराशाजनक बन्नपुग्यो भने आर्थिक सङ्कट टार्न खेलाडी बोक्न बसहरूसमेत लिलामीमा राख्नुपर्ने अवस्था सिर्जना भयो । 

बोस्निया हर्जगोभिनाका चर्चित डिफेन्डर समिर मेमिसेभिच सन् २०२० मा चिनियाँ लिग खेल्न हेबेई फुटबल क्लबमा आबद्ध भएका थिए । उनका अनुसार त्यतिबेलासम्म पनि चिनियाँ लिगको अवस्था सामान्य नै थियो । ‘म आबद्ध भएको पहिलो सिजनसम्म अवस्था खासै निराशाजनक थिएन तर त्यसपछि भने चिनियाँ व्यावसायिक लिग द्रुततर रूपमा ओरालो लाग्न थाल्यो,’ उनी सम्झन्छन् ।

चर्चित खेलाडीहरूले चिनियाँ क्लब छाड्नेक्रम सुरु भए पनि क्लबका थुप्रै प्राविधिक र प्रशासनिक कर्मचारीले अवस्था फेरि सकारात्मक हुने आशाले लामो समयसम्म तत्काल कुनै पारिश्रमिक नलिरै उधारोमा पनि काम गरेका थिए । तर उनीहरूले सोचेजस्तो अवस्था सामान्य हुने दिन फेरि कहिल्यै आएन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप