प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबिच आपसी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न
काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबिच एमओयु सम्झौता सम्पन्न भएको छ । एन्ट फाउन्डेसको ‘नो सेभ नोभेम्बर–फेसन फर अ कज’, क्यान्सर सम्बन्धी चेतनामूलक कार्यक्रममा आफ्नो ऐक्यबद्धता जनाउँदै मंगलबार दुई पक्षबिच सम्झौता भएको हो ।
सम्झौता पत्रमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसका फाउन्डर प्रशान्त ताम्राकारले हस्ताक्षर गरे ।
सम्झौतामा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरु मध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा आबद्ध हुने महिलाहरूबाट क्यापिटललाई प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवा शुल्कबाट ५० प्रतिशत सेवा शुल्क बराबरको रकमका साथै सो योजनाबाट प्राप्त हुने मुनाफाबाट २० प्रतिशत बराबरको रकम फाउन्डेसनलाई प्रभु क्यापिटलले सहयोग गर्ने जनाइएको छ । महिलाहरूलाई केन्द्रित गरी सञ्चालित यो लगानी व्यवस्थापन सेवामा महिला ग्राहकहरूले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्नेछन् ।
‘महिलाहरूलाई आर्थिक रूपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो भन्ने अवधारणा लिई प्रभु क्यापिटलले सञ्चालनमा ल्याएको प्रभु ऐश्वर्या योजना तथा एन्ट फाउन्डेसन दुबैले महिलाहरूको आर्थिक तथा वित्तीय स्वतन्त्रतामा समेत केन्द्रित रही कार्यक्रम गर्ने हुँदा दुवै संस्थाको उद्देश्यमा एकरूपता देखिएकाले यो सम्झौता गरेका हौँ’, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले भने ।
प्रभु क्यापिटलले मर्चेन्ट सम्बन्धी सेवाका साथै साथै आफ्ना सेवा तथा प्रोडक्टहरु सँगै गाँसेर सामाजिक उत्तरदायित्व समेत वहन गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण