कस्तुपले अञ्जु पन्तको स्वरमा ल्याए ‘सुन ए परदेशी’
बुधबार, १३ मङ्सिर २०८०, १२ : ५१
काठमाडौँ । लोकप्रिय गायक, संगीतकार तथा सर्जक कस्तुप पन्तले नयाँ गीत ‘सुन ए परदेशी’ ल्याएका छन् पुर्व मन्त्री समेत रहेका गीतकार शंकर कोइरालाको शब्द रहेको गीतमा पन्तकै संगीत छ ।
गीतमा स्वर भने चर्चित गायिका अञ्जु पन्तले दिएकी छन् । गीतको भिडियो पनि बनेको छ । जसमा मुकुन्द भट्ट र स्मृति थापाको अभिनय देख्न सकिन्छ ।
यात्रामा हिँडेको एउटा अन्जान परदेशी युवा कुनै युवतीको घरमा बास बस्दाको चिनाजानी अनि उनीहरुबीच बसेको माया गीतको भिडियोमा देखाइएको छ ।
प्रविन थापाको निर्देशन रहेको भिडियोमा वसन्त बिजे महर्जनको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।
गीत मौलिक शैलीमा निर्माण भएकोले आफ्ना अघिल्ला गीतले झै सबैको मन जित्ने विश्वास लिएको संगीतकार पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण