कस्तुपले अञ्जु पन्तको स्वरमा ल्याए ‘सुन ए परदेशी’
बुधबार, १३ मङ्सिर २०८०, १२ : ५१

काठमाडौँ । लोकप्रिय गायक, संगीतकार तथा सर्जक कस्तुप पन्तले नयाँ गीत ‘सुन ए परदेशी’ ल्याएका छन् पुर्व मन्त्री समेत रहेका गीतकार शंकर कोइरालाको शब्द रहेको गीतमा पन्तकै संगीत छ ।
गीतमा स्वर भने चर्चित गायिका अञ्जु पन्तले दिएकी छन् । गीतको भिडियो पनि बनेको छ । जसमा मुकुन्द भट्ट र स्मृति थापाको अभिनय देख्न सकिन्छ ।
यात्रामा हिँडेको एउटा अन्जान परदेशी युवा कुनै युवतीको घरमा बास बस्दाको चिनाजानी अनि उनीहरुबीच बसेको माया गीतको भिडियोमा देखाइएको छ ।
प्रविन थापाको निर्देशन रहेको भिडियोमा वसन्त बिजे महर्जनको छायांकन र अमृत चापागाईंको सम्पादन छ ।
गीत मौलिक शैलीमा निर्माण भएकोले आफ्ना अघिल्ला गीतले झै सबैको मन जित्ने विश्वास लिएको संगीतकार पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार