छोरा फेल भएपछि पत्रकार साहले दिए आमरण अनसनको चेतावनी
काठमाडौँ । सिरहाको गोलबजार नगरपालिकाले मंसिर ९ गते लिएको परीक्षामा छोरा फेल भएपछि पत्रकार गणेशप्रसाद साहले परीक्षा रद्दको माग गर्दै आमरण अनसनको चेतावनी दिएका छन् ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्ष समेत रहेका साहले आज गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै सो चेतावनी दिएका हुन् ।
कर्मचारी भर्नाका लागि आह्वान गरेको दरखास्त बमोजिम रितपूर्वक आवेदन दिई लिखित परीक्षामा सामेल हुँदा त्यहाँ खटिएका कर्मचारी निरञ्जन शाक्यले छोरा राजा बाबु साहको कपी १५ मिनेट नियन्त्रणमा लिएको आरोप पत्रकार साहको रहेको छ ।
कपी नियन्त्रणमा लिएर परीक्षामा असफल गराउने नियत देखिएको आरोप पत्रकार साहले लगाएका छन् । उनले भने, ‘मेरो छोरालाई फेल गराउनकै लागि कपी नियन्त्रणमा लिनुभएको थियो ।’
पत्रकार साहले परीक्षा रद्द गरी पुनः अर्को परीक्षा लिन माग गरेका छन् । बदनीयतपूर्ण तरिकाले उत्तर पुस्तीका खोस्ने कार्य गरेकाले निज कर्मचारीलाई छनोट प्रक्रियामा सामेल नगराउन समेत उनले माग गरेका छन् । साथै उनले कर्मचारी निरञ्जन शाक्यलाई प्रशासन प्रमुखबाट हटाएर स्वास्थ्य सेवा तर्फ पठाउन माग गरेको छ ।
यी मागहरू मंसिर १७ गतेभित्र पुरा नभए नगरपालिका प्राङ्गणमा आमरण अनसन बस्ने चेतावनी समेत उनले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण