एक्सका विज्ञापनदाताविरुद्ध किन खनिए एलन मस्क ?
क्यालिफोनिर्या । अमेरिकाका खर्बपति व्यापारी एवम् विद्युतीय कार बनाउने कम्पनी टेस्ला र माइक्रोब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्क विज्ञापनदाताविरुद्ध खनिएका छन् ।
नोभेम्बर १५ मा एउटा ट्विटमा मस्कले यहुदीहरुविरुद्ध भद्दा गाली दिएका थिए । सो ट्विटपछि मस्कले चौतर्फी गाली र आलोचना खेप्न परिरहेको छ भने आर्थिक रुपमा समेत घाटा बेहोर्नु परिरहेको छ ।
२ हप्ता भन्दा पुरानो ट्विटका लागि उनले माफी मागिरहेका छन् । तर उनको माफी मगाईले एक्सबाट विज्ञापनदाताहरु टाढिने क्रम भंग भएको छैन । जुन प्रयोगकर्ताको ट्विटमा मस्कले यहुदीहरुलाई गाली गरेका थिए, ती प्रयोगकर्तासँग उनको मेलमिलाप समेत भइसकेको छ । एक्सको यहुदीविरोधी अभिव्यक्तिपछि उनलाई ब्लाकमेल गर्न विज्ञापनदाताहरुले भटाभट एक्स छाडिरहेका छन् । मलाई ब्ल्याकमेल गर्ने, डराउने वा धम्काउने हो भने पैसामा गर्नु भन्दै बुधबार न्यूयोर्क टाइम्स डिलबूक समिटको एउटा अन्तरवार्तामा मस्कले ती विज्ञापनदाताहरुलाई अश्लिल गाली नै गर ।
अन्तरवार्तामा मस्कले वाल्ट डिज्नीका प्रमुख कार्यकारी रोबर्ट इगरको नामै लिएका थिए । मस्कको यहुदिविरोधी अभिव्यक्तिपछि वाल्ट डिज्नी समेत कयौं कम्पनीहरुले एक्सलाई दिएको विज्ञापन रद्द गरेका थिए । इजरायल र हमासबीचको युद्ध शुरु भएयता विश्वभर यहुदीविरोधी अभिव्यक्ति बढेका छन् । उनको अभिव्यक्तिलाई लिएर ह्वाइट हाउसले समेत असन्तुष्टि जनाएको थियो । वाल्ट डिज्नी, वार्नर ब्रोज डिस्कभरी, एनबीसी युनिभर्सल प्यारेन्ट आदिले एक्समा विज्ञापन रोकेका थिए । यो कुराले मस्क चिढिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण