एकीकृत समाजवादीका केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष एमालेमा फर्किए
बिहीबार, १४ मङ्सिर २०८०, १४ : ५३
धनगढी । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य र बैतडी जिल्ला अध्यक्षसहितका नेता कार्यकर्ताहरु नेकपा एमालेमा फर्किएका छन् ।
बिहीबारदेखि नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको क्रममा उनीहरु एमालेमा फर्किएका हुन् ।
बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गरिएको आमसभाको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बैतडी इन्चार्ज नरेन्द्र विष्ट, बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट, पार्टी कमिटी सदस्य पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेताहरुलाई एमालेमा फर्किएका हुन् ।
त्यस्तै, २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट पाटन नगरपालिकाको उपप्रमुखमा निर्वाचित काग्रेंसकी महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्ष समेत भएका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण