महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउँछौँः सांसद राणा
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति डा. आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउने बताएकी छन् ।
बिहीवार काठमाडौंमा आयोजित नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताहरुको रुपान्तरित नेतृत्व परियोजना विषयक गोष्ठीमा बोल्दै उनले महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्ने कुरा आफूहरुले केन्द्रिय समितिमा राखिसकेको र पार्टीका आसन्न महासमिति बैठकमा पनि राख्ने बताइन् ।
उनले पार्टीको पदाधिकारीमा सहमहामन्त्रीमा पदमा एकजना मात्रै महिला राखेको र उपसभापति, महामन्त्रीमा नराखिएकोप्रति असन्तुष्टि जनाइन् । उनले पार्टीका विभागहरुमा महिलालाई ३३ प्रतिशत अधिकार र नेतृत्व नदिइएकोप्रति पनि असन्तुष्टि जनाइन् । उनले आफूहरु पार्टीका विभागहरु भोट हाल्न मात्रै बसेको हो ? भन्दै प्रश्न गरिन् । उनले संविधान नै संशोधन गरेर भएपनि ३३ प्रतिशत महिलाको अधिकार हरेक ठाउँमा दिनुपर्ने बताइन् । उनले ३३ प्रतिशत महिलाको अधिकारबाट प्रत्यक्ष चुनाव लड्ने ठाउँ अब बनाउनैपर्ने बताइन् ।
उनले भनिन्, ‘महिलाहरु वडा महिला सदस्य र दलित महिला सदस्यमा मात्रै उठ्ने होइन । त्यही लेभलमा बस्ने हो ? त्यसमा बस्दैनौँ भन्नुभयो, त्यो धेरै हिम्मतको कुरा हो । हामीले हाम्रो पार्टीमा त दबाब दिइसकेका छौँ । हामीले केन्द्रिय समितिमा पनि महिलाहरुले कुरा उठाइसके । अरु पार्टीका सदस्यहरुले पनि कुरा उठाउनुपर्छ । नेपाली काँग्रेस पार्टीको महासमिति पनि आउन लागेको छ । त्यहाँ पनि हामीले एउटा महिला पदाधिकारीका कुराहरु पनि हामी उठाउँछौँ । हरेक लेभलमा खालि किन एउटा सहमहामन्त्री मात्रै महिला, उपसभापति, महामन्त्री किन छैन ? अरु पोस्टमा पनि महिला हुनसक्छ नि । अहिले विभागहरु बनिरहेको छ, त्यसमा पनि ३३ प्रतिशत महिलाकै नेतृत्व हुनुपर्छ । विभागको नेतृत्व । खालि मेम्बर मात्रै हुने । हामी भोट मात्रै हाल्ने ? हाम्रो आवाज सुन्नु परेन । त्यसो हुनाले अब संविधान नै संशोधन गरेर भएपनि ३३ प्रतिशत महिलाको अधिकार हरेक ठाउँमा दिनुपर्छ । संविधान संशोधन हुनसक्ने कुरा हो । जस्तो समुदायको माग र समाजको माग हुन्छ, त्यही शिरोबाट परिवर्तन गरेर अघि बढ्ने हो । सबै पार्टीका महिलासँग कुरा गरी रणनीति बनाएर ३३ प्रतिशत महिलाको डाइरेक्ट इलेक्शन लड्ने ठाउँ अब बनाउनै पर्छ ।’
सांसद राणाले सबै ठाउँमा महिला–महिलाबीच प्रतिष्पर्धा गर्ने स्थान हुनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण