कोप–२८ : जलवायु ‘हानि र नोक्सानी’ कोषको औपचारिक शुभारम्भ
दुबई । संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ ले बिहीबार औपचारिक रूपमा विश्वव्यापी तापक्रम वृद्धिसँग सम्बन्धित प्राकृतिक विपत्तिबाट तहसनहस भएका कमजोर राष्ट्रहरूले माग गर्दै आएको ‘हानि र नोक्सानी’ कोषको औपचारिक शुभारम्भ गरेको छ ।
“हामीले आज इतिहास रचेका छौँ”, कोप–२८ का अध्यक्ष तथा संयुक्त अरब इमिरेट्स (युएई) का मन्त्री सुल्तान अल जाबेरले प्रतिनिधिहरूसँग भने, “हाम्रो देशले कोषमा १० करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।”
जर्मनीले पनि १० करोड अमेरिकी डलर दिने प्रतिबद्धता जनाएको छ ।
वर्षौंदेखि यस विषयलाई निष्कर्षविहीन अवस्थामा लतारेका धनी राष्ट्रहरूले गत वर्ष शर्म अल शेखमा भएको कोप–२७ शिखर सम्मेलनमा ऐतिहासिक सम्झौतामा कोषलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
दुबईमा कोप २८ को पहिलो दिन यसको प्रक्षेपण कोषको संरचनाबारे बृहत् वार्तापछि यसलाई अन्तरिम रूपमा विश्व बैंकमा राखिनेछ ।
“यसले विश्व र हाम्रो कामको गतिको सकारात्मक सङ्केत दिन्छ,” जाबेरले भने ।
जाबेरले भने, “कुनै पनि कोप सम्मेलनको पहिलो दिनमा निर्णय लिइएको यो पहिलो पटक हो र जुन गतिमा हामीले त्यसो गरेका छौँ त्यो पनि अद्वितीय, अभूतपूर्व र ऐतिहासिक छ ।”
उनले भने, “‘कोप–२८ ले कोष सङ्कलन गर्न सक्छ । पक्कै गर्नेछ ।’ हामी दिन सक्छौँ भन्ने यो बलियो आधार हो ।”- (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण