आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रत्येक वर्ष १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना

बिहीबार, १४ मङ्सिर २०८०, २१ : ०४
बिहीबार, १४ मङ्सिर २०८०

कोलम्बो । हरेक वर्ष करिब १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना हुने गरेको स्वास्थ्यमन्त्री रमेश पाथिरानाले बिहीबार संसद्मा बताएका छन् ।

दैनिक करिब ३० जना श्रीलङ्कालीहरूको दुर्घटनाका कारण मृत्यु हुने गरेको पाइएको छ भने, वार्षिक १२ हजार जनाको सडक र अन्य घरेलु दुर्घटनाका कारण मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । 

श्रीलङ्काले भविष्यमा सामना गर्नुपर्ने अर्को प्रमुख स्वास्थ्य चुनौती गैर-संक्रामक रोगहरू रहेको पनि पाथिरानाले  बताए । उनका अनुसार ३५ वर्ष मुनिका करिब ३० प्रतिशत मानिस उच्च रक्तचापबाट पीडित छन् भने सोही उमेर समूहका १५ प्रतिशत मधुमेहबाट पीडित छन् ।

श्रीलङ्काका १० प्रतिशत बालबालिका मोटोपनाबाट पीडित रहेको पनि मन्त्रीले बताए ।-(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप