प्रत्येक वर्ष १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना
बिहीबार, १४ मङ्सिर २०८०, २१ : ०४
कोलम्बो । हरेक वर्ष करिब १० लाख श्रीलङ्काली दुर्घटनाका कारण अस्पतालमा भर्ना हुने गरेको स्वास्थ्यमन्त्री रमेश पाथिरानाले बिहीबार संसद्मा बताएका छन् ।
दैनिक करिब ३० जना श्रीलङ्कालीहरूको दुर्घटनाका कारण मृत्यु हुने गरेको पाइएको छ भने, वार्षिक १२ हजार जनाको सडक र अन्य घरेलु दुर्घटनाका कारण मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।
श्रीलङ्काले भविष्यमा सामना गर्नुपर्ने अर्को प्रमुख स्वास्थ्य चुनौती गैर-संक्रामक रोगहरू रहेको पनि पाथिरानाले बताए । उनका अनुसार ३५ वर्ष मुनिका करिब ३० प्रतिशत मानिस उच्च रक्तचापबाट पीडित छन् भने सोही उमेर समूहका १५ प्रतिशत मधुमेहबाट पीडित छन् ।
श्रीलङ्काका १० प्रतिशत बालबालिका मोटोपनाबाट पीडित रहेको पनि मन्त्रीले बताए ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण