नेविसंघद्वारा जाजरकोटमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण
काठमाडौँ । नेपाल विद्यार्थि संघ (नेविसंघ) ले भूकम्प प्रभावित जाजरकोटका विद्यालयको पुनःनिर्माण गर्ने क्रममा श्री भेरीत्रिवेणि माविमा ६ कोठे अस्थायी भवन हस्तान्तरण गरेको छ । कार्तिक १७ गते गएको विनासकारी भुकम्पमा ३९८ विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको तथा ५० हजार भन्दा धेरै विद्यार्थी पढाई प्रभावित भएको थियो ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले दुईवटा विद्यालय पूर्ण रुपमा निर्माण गर्ने भएपनि तत्काल पठनपाठन सुचारु गर्नका लागि दुई अस्थायी भवन बनाएर हस्तान्तरण गरेको बताए । भूकम्पपश्चात पूर्ण रुपमा क्षति भएको विद्यालयमा पछिल्लो एकहप्ता देखि खुल्ला चौरमा अध्ययन र अध्यापन हुँदै आएको थियो ।
त्रिवेणि माविको ६ कोठे भवन हस्तान्तरण भएसँगै जुनिचादे गापा मा रहेको शिवपुरि मावि को ६ कोठे भवन निर्माण सुचारु गर्दै छ। नेविसंघले भवन निर्माणसँगै ३०० सेट शैक्षिक सामाग्री, ६ सेट व्हाइट बोर्ड र ६ सेट बोर्ड मार्कर लगायतका अन्य शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
भवन भूकम्प पश्चात सम्पन्न भएको पहिलो भवन रहेको र भोलिदेखि नै पठन पाठन सुचारु हुने शेर्पाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण