‘तिम्रो मनमा लुकेको कुरा’ मा भुवन र शर्मिलाको अभिनय
_KKqcbVGs7M.jpg)
काठमाडौँ । एक समयको सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’को रिमेक भर्सन बनेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो ।
३३ वर्ष अघि निर्माण भएको फिल्म ‘चिनो’मा समावेश ‘तिम्रो मनमा लुकेको कुरा’ लाई गायक नारायण गोपाल र गायिका आशा भोष्लेले स्वर दिएका थिए । गीतमा रञ्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द थियो । अहिलेको रिमेक भर्सनमा गायक शंकर श्रेष्ठ र गायिका अनु चौधरीको स्वर छ ।
गीत सार्वजनिक कार्यक्रममा सङ्गीतकार रञ्जित गजमेर, अभिनेत्री शर्मिला मल्ल, अभिनेत्री गौरी मल्ल, निर्माता मोहन सराफ लगायत बाक्लो उपस्थिति थियो ।
गीतको भिडियोमा भुवन केसी, शर्मिला मल्ल, सुरवीर पण्डित, शिशिर भण्डारी, शंकर श्रेष्ठ, अश्विनी शाहीको अभिनय छ । सन्तोष राजवाहकले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईँले छायाङ्कन र दिन्सन शाहको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर